पहिलो हाफमा नेपाल १-० ले अघि
आइतबार, २२ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले अहिले बंगलादेशसँग खेलिरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले १-० को अग्रता बनाएको छ ।
सुनिल बलको गोलमा नेपालले अग्रता बनाएको हो । खेलको ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिलले ६ यार्डबाट सुन्दर गोल गरे ।
यस खेल निकै महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनल पुग्न जित वा बराबरीको आवश्यकता रहेको छ । पराजित भए नेपाल स्वर्ण सम्भावनाबाट बाहिरिने छ ।








-1764813103863.webp&w=3840&q=75)





-1764852721214.jpg&w=3840&q=75)
-1764846408866.jpg&w=3840&q=75)
