एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा साविक विजेता वायर्न म्युनिख पराजित भएको छ ।
शनिबार राति भएको खेलमा वायर्न लिग लिडर बोरुसिया मोन्चेनग्लाडवाचसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
मोन्चेनग्लाडवाचको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा वायर्न पराजित भएको हो ।
खेलको ४९ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए । ६० औं मिनेटमा रामी बेन्सीबेनीले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए ।
खेलको इन्जुरी समयमा जाभी मार्टिनेजले रातो कार्ड पाउँदा वायर्न १० खेलाडीमा समेटियो । त्यसपछि पाएको पेनाल्टीमा बेन्सीबेनीले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २-१ को जित दिलाए ।
जितसँगै मोन्चेनग्लाडवाचले शीर्ष स्थान कायम राखेको छ । मोन्चेनग्लाडवाचले १४ खेलमा ३१ अंक जोडेको छ । वायर्न २५ अंक जोडेर सातौं स्थानमा झरेको छ ।