एजेन्सी । सिरि ए लिगमा युभेन्ट्सको अपराजित यात्रामा पुर्णविराम लागेको छ ।
शनिबार राति भएको खेलमा लाजियोले युभेन्ट्सलाई ३–१ गोल अन्तरले हराउँदै सिजनको पहिलो हार चखाएको हो ।
क्रिस्टियानो रोनाल्डोले दिलाएको अग्रतालाई जोगाउन नसक्दा युभेन्ट्स पराजित भयो ।
रोनाल्डोले २५ औ मिनेटमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको ईन्जुरी समयमा रामोस मार्चीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
मिलिन्कोविच साविकले ७४ औ मिनेटमा गोल गर्दै घरेलु टोली लाजियोलाई अग्रता दिलाए ।
दोस्रो हाफको ईन्जुरी समयमा केईडोले गोल गर्दै लाजियोको जित सुनिश्चित गरेका थिए ।
६९ औ मिनेटमा जु कुड्राडो रातो कार्ड खादै मैदान बाहिरिएपछि युभेन्ट्स १० खेलाडीमा सिमिति बनेको थियो ।
जितपछि लाजियो ३३ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । युभेन्ट्स ३६ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।