एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटीलाई म्यानचेस्टर युनाइटेडले पराजित गरेको छ ।
आइतबार राति भएको म्यानचेस्टर डर्बी भिडन्तमा युनाईटेडले सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
सिटीको मैदानमा मार्कोस राष्फोर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई २३ औं मिनेटमा अग्रता दिलाएका थिए । २९ औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८५ औं मिनेटमा निकोलस ओटामेन्डीले एक गोल फर्काएपनि सिटी घरेलु मैदानमा २-१ ले स्तब्ध भयो ।
डर्बी भिडन्तमा जित निकालेसँगै युनाइटेडले १६ खेलबाट २४ अंक जोडेको छ । युनाइटेड लिगको पाँचौं स्थानमा रहेको छ । सिटी ३२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

