एजेन्सी । जोसे माउरिन्हो नेतृत्वको टोटेनहमले प्रिमियर लिग फुटबलमा प्रभावशाली जित निकालेको छ ।
शनिबार टोटेनहमले घरेलु मैदानमा बर्नलीलाई ५–० गोल अन्तरले हराएको हो ।
चौथो मिनेटमा ह्यारी केनको लामो प्रहार गोलमा परिणत भएपछि लिभरपुलले खेलमा अग्रता बनाएको थियो ।
लुकास मौराले नवौ मिनेटमा टोटेनहमलाई अगाडी बढाएका थिए ।
सन ह्युङ्ग मिनले ३२ औ मिनेटमा जारी सिजनकै उत्कृष्ट गोल गर्दै टोलीलाई अघि बढाए ।
केनले ५४ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई ४–० को अग्रता दिलाएका थिए ।

मौसा सिसोकोले ७४ औ मिनेटमा गोल गर्दै क्लबलाई प्रभावशाली जित दिलाउने काम गरे ।
जितसंगै टोटेनहम तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । उसले १६ खेलबाट २३ अंक जोडेको छ । बर्नली १८ अंक सहित तालिकाको १३ औं स्थानमा छ ।