एजेन्सी । प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नेमाउथलाई ३–० ले हराएको छ ।
शनिबार राति वर्नेमाउथको घरेलु मैदानमा लिभरपुलले जित निकालेको हो ।
जित सहित लिभरपुलले अंक तालिकामा स्पष्ट ११ अंकको अग्रता बनाएको छ ।
लिभरपुलले प्लेईङ सेटमा सात खेलाडी परिवर्तन गरेको थियो ।
जोर्डन हेन्डरसनको लामो पासलाई सदुपयोग गर्दै ओक्सलाडे चेम्बर्लिनले ३५ औ मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए ।
नाबी केईटाले ४४ औ मिनेटमा लिभरपुलको अग्रता दोब्बर बनाउने काम गरे ।
मोहमद सलाहाले ५४ औ मिनेटमा लिभरपुललाई ३–० को स्थितीमा पुर्याएका थिए ।
लिभरपुलले लिगमा आफ्नो अपराजित यात्रालाई कीर्तिमानी ३३ खेलसम्म पुर्याएको छ । उसले जारी सिजनमा १६ मध्य १५ खेलमा जित निकालेको छ ।
लिभरपुलको प्रतिद्वन्दी लेस्टरको ३५ अंक रहेको छ । लिभरपुलले ११ अंकको अग्रता सहित ४६ अंक जोडेको छ ।
वर्नेमाउथ १६ अंक सहित तालिकाको १५ औं स्थानमा छ ।