एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ ।
शनिबार भएको खेलमा रियलले स्पानियोललाई २-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा ३७ औं मिनेटमा राफायल भारानेले गोल गर्दै रियललाई अग्रता दिलाए । त्यसपछि खेलको ७९ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई २-० को जित दिलाए ।
खेलको ८३ औं मिनेटमा मेन्डीले रातो कार्ड खादा घरेलु टिम १० खेलाडीमा समेटिएको थियो ।

स्पानियोलमाथिको जितसँगै रियल लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
रियल बार्सिलोनालाई ३ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । रियलले १५ खेलमा ३४ अंक जोडेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ३१ अंक छ ।
