एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ ।
शनिबार भएको खेलमा चेल्सी एभर्टनसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।
गुडिसन पार्कमा खेलको पाँचौ मिनेटमा रिचार्लीसनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाए । ४९ औं मिनेटमा डोमिनिक लेविनले गोल गर्दै एभर्टनलाई २-० को अग्रता दिलाए ।
५२ औं मिनेटमा माटियो कोभासिसले गोल गर्दै चेल्सीलाई २-१ को स्थितिमा ल्याए । तर,खेलको ८४ औं मिनेटमा लेविनले व्यक्तिगत दोस्रो गोल गर्दै एभर्टनलाई ३-१ को जित दिलाए ।
मुख्य प्रशिक्षक मार्को सिल्भालाई बर्खास्त गरेपछि एभर्टनले पहिलो खेलमै जित निकालेको हो । एभर्टन डंकन फग्र्युसनको नेतृत्वमा रहेको छ ।
जितसँगै एभर्टनले १६ खेलमा १७ अंक जोडेको छ । एभर्टन १४ औं स्थानमा रहेको छ । १६ खेलमा २९ अंक जोडेको चेल्सी चौंथो स्थानमा रहेको छ ।