काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) टिममा रहेको राष्ट्रिय महिला फुटबल टिमलाई खेल पोशाक प्रदान गरिएको छ ।
नेपाली राष्ट्रिय महिला टिमका व्यवस्थापक, एन्फा केद्रिय समिति तथा महिला समितिको संयोजक रहेकी पेमा लामाले नेपाली टिमलाई खेल पोशाक सहयोग गरेकी हुन् । लामाले टिमका सबै सदस्यलाई एक एक थान ज्याकेट सहयोग गरेकी हुन् ।
साग अन्तर्गत महिला फुटबलमा नेपाल फाइनल पुगिसकेको छ ।
राउण्ड रोविनको आधारमा जारी प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स र श्रीलंकाको सहभागिता रहेको छ ।

प्रतियोगितामा नेपाल र भारतको समान ६ अंक रहँदा माल्दिभ्स र श्रीलंकाले कुनै अंक जोड्न सकेका छैनन् ।
सागमा स्वर्ण जित्ने लक्ष्य बनाएको नेपालले पहिलो खेलमा श्रीलंकालाई १–०, दोस्रो खेलमा माल्दिभ्सलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।
