पुरुष ह्यान्डबल : नेपालको खराब सुरुवात
बुधबार, मंसिर १८, २०७६खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
मनोज थापा
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष ह्यान्डबलमा नेपालले खराब सुरुवात गरेको छ ।
पोखरामा बुधबार श्रीलंकासंग नेपाल ३७-३० ले पराजित भएको हो ।
नेपालको लागि मदन चुनाराले सर्वाधिक ६ गोल गरे । सन्दिप कार्कीले ५ गोल गर्दा श्रीबहादुर सिंजाली, दिनेश श्रेष्ठ, केश बिष्ट, सन्तोष श्रेष्ठ र यम बहादुर पुनले समान ३/३ गोल गरे । यस्तै बिशाल बस्नेतले २, आशिष अधिकारी र बिशाल नेपालीले १/१ गोलको योगदान गरे ।
यस्तै आजै भएको पुरुष ह्यान्डबलमा भारतले बंगलादेशलाई ४२-३३ को अन्तरले पराजित गरेको छ ।













-1761998475071.jpg&w=3840&q=75)


