सोमबार, ०४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

किन खेलेन भारतले साग फुटबल ?

सोमबार, ०९ मंसिर २०७६खेलपाटी संवाददाता
किन खेलेन भारतले साग फुटबल ?
Loading ad...
mustang rice ad

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा भारतको पुरुष टिमले फुटबलमा सहभागीता नजनाउने भएको छ ।

भारतले अन्तिम समयमा आएर फुटबल स्पर्धामा सहभागी नहुने निर्णय गरेको हो ।

भारतीय ओलम्पिक कमिटिले यसअघि फुटबलको महिला र पुरुष स्पर्धामा सहभागी हुने बताएको थियो ।

सोही अनुसार भारतलाई समावेश गर्दै पुरुष स्पर्धाको 'ड्र' सार्वजनिक गरिएको थियो ।

नेपाल रहेको समूह एमा बंगलादेश र भुटान थिए । भारत रहेको समूह बीमा माल्दिभ्स र श्रीलंका थिए । तर अन्तिम समयमा भारतीय ओलम्पिक कमिटिले सागको पुरुष फुटबलमा आफु सहभागी नहुने स्पष्ट पारेको हो । भारतको महिला टिमले भने साग खेल्नेछ ।

दक्षिण एसियाली फुटबलमा भारत सबैभन्दा बलियो देश मानिन्छ । भारतलाई हराउँदै नेपालले अघिल्लो साग फुटबलमा पुरुष स्पर्धामा स्वर्ण जितेको थियो ।

साग फुटबलमा यू-२३ टिमको प्रतिस्पर्धा हुने गर्छ । हरेक टिमले २३ वर्षमाथिका तीन खेलाडी खेलाउन पाउछन् ।

सुरुमा राष्ट्रिय टिमनै सागमा सहभागी हुने भएपनि सन् २००४ पछि यू–२३ टिमले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

तर महिला स्पर्धामा भने राष्ट्रिय टिमलेनै खेल्न पाउने प्रावधान छ । महिला स्पर्धाको खेल पोखरामा र पुरुष स्पर्धाको टिम काठमाडौंका दशरथ रंगशालामा हुने तय छ ।

किन आएन भारत ?

भारतीय फुटबल महासंघले घरेलु फुटबलको व्यस्त तालिकालाई साग नखेल्नुको मुख्य कारण देखाएको छ । उसले साग फुटबल विश्व फुटबलको सर्वोच्च निकाय फिफाको क्यालेन्डरमा नभएका कारण सहभागिता जनाउने नसकिएको बताएको हो ।

साग फुटबललाई फिफाको मान्यता छैन । फिफाको क्यालेन्डरमा नभएको कारण भारतीय क्लबले खेलाडी छाड्न नमानेको बुझिएको छ । सोही कारण भारतीय फुटबल महासंघले सागका लागि खेलाडी उपलब्ध गराउन सकेन ।

फिफाद्वारा मान्यता प्राप्त खेलमा मात्र क्लबहरु खेलाडी छाड्न बाध्यकारी हुन्छन् । सोही कारण भारतीय क्लबले सागका लागि खेलाडी रिलिज नगरेको बुझिएको छ ।

भारतीय फुटबलले एसियामै आफुलाई बलियो बनाउँदै लगेको छ । दुई वटा शीर्ष डिभिजनको लिग खेल्ने भारतीय क्लबहरुले सिजनभरका लागि खेलाडीलाई मोटो रकम खर्चिएर अनुबन्धन गरेका हुन्छन् ।

बर्षभरी व्यस्त तालिकामा रहने भारतीय फुटबल क्लबले सागका लागि खेलाडी छाड्न नमानेका हुन् ।

के भन्छ नेपाल ओलम्पिक कमिटि ?

नेपाल ओलम्पिक कमिटि एनओसीले सागको अनिश्चित मितिका कारण फिफा लगायत अन्तराष्ट्रिय संस्थासंग समन्व्य गर्न नसकिएको स्विकार गरेको छ ।

'साग निर्धारित मितिमा नहुने पुरानै रोग छ । सोही कारण अन्तराष्ट्रिय क्यालेन्डरमा खेलहरुलाई समावेश गर्न र समन्व्य गर्न समस्या हुँदै आएको छ ।' एनओसीका एक पदाधिकारीले खेलपाटीसंग भने ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल