• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
किन खेलेन भारतले साग फुटबल ?
खेलपाटी संवाददाता
सोमबार, मंसिर ९, २०७६ खेलपाटी संवाददाता
किन खेलेन भारतले साग फुटबल ?

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा भारतको पुरुष टिमले फुटबलमा सहभागीता नजनाउने भएको छ ।

भारतले अन्तिम समयमा आएर फुटबल स्पर्धामा सहभागी नहुने निर्णय गरेको हो ।

भारतीय ओलम्पिक कमिटिले यसअघि फुटबलको महिला र पुरुष स्पर्धामा सहभागी हुने बताएको थियो ।

सोही अनुसार भारतलाई समावेश गर्दै पुरुष स्पर्धाको 'ड्र' सार्वजनिक गरिएको थियो ।

नेपाल रहेको समूह एमा बंगलादेश र भुटान थिए । भारत रहेको समूह बीमा माल्दिभ्स र श्रीलंका थिए । तर अन्तिम समयमा भारतीय ओलम्पिक कमिटिले सागको पुरुष फुटबलमा आफु सहभागी नहुने स्पष्ट पारेको हो । भारतको महिला टिमले भने साग खेल्नेछ ।

दक्षिण एसियाली फुटबलमा भारत सबैभन्दा बलियो देश मानिन्छ । भारतलाई हराउँदै नेपालले अघिल्लो साग फुटबलमा पुरुष स्पर्धामा स्वर्ण जितेको थियो ।

साग फुटबलमा यू-२३ टिमको प्रतिस्पर्धा हुने गर्छ । हरेक टिमले २३ वर्षमाथिका तीन खेलाडी खेलाउन पाउछन् ।

सुरुमा राष्ट्रिय टिमनै सागमा सहभागी हुने भएपनि सन् २००४ पछि यू–२३ टिमले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

तर महिला स्पर्धामा भने राष्ट्रिय टिमलेनै खेल्न पाउने प्रावधान छ । महिला स्पर्धाको खेल पोखरामा र पुरुष स्पर्धाको टिम काठमाडौंका दशरथ रंगशालामा हुने तय छ ।

किन आएन भारत ?

भारतीय फुटबल महासंघले घरेलु फुटबलको व्यस्त तालिकालाई साग नखेल्नुको मुख्य कारण देखाएको छ । उसले साग फुटबल विश्व फुटबलको सर्वोच्च निकाय फिफाको क्यालेन्डरमा नभएका कारण सहभागिता जनाउने नसकिएको बताएको हो ।

साग फुटबललाई फिफाको मान्यता छैन । फिफाको क्यालेन्डरमा नभएको कारण भारतीय क्लबले खेलाडी छाड्न नमानेको बुझिएको छ । सोही कारण भारतीय फुटबल महासंघले सागका लागि खेलाडी उपलब्ध गराउन सकेन ।

फिफाद्वारा मान्यता प्राप्त खेलमा मात्र क्लबहरु खेलाडी छाड्न बाध्यकारी हुन्छन् । सोही कारण भारतीय क्लबले सागका लागि खेलाडी रिलिज नगरेको बुझिएको छ ।

भारतीय फुटबलले एसियामै आफुलाई बलियो बनाउँदै लगेको छ । दुई वटा शीर्ष डिभिजनको लिग खेल्ने भारतीय क्लबहरुले सिजनभरका लागि खेलाडीलाई मोटो रकम खर्चिएर अनुबन्धन गरेका हुन्छन् ।

बर्षभरी व्यस्त तालिकामा रहने भारतीय फुटबल क्लबले सागका लागि खेलाडी छाड्न नमानेका हुन् ।

के भन्छ नेपाल ओलम्पिक कमिटि ?

नेपाल ओलम्पिक कमिटि एनओसीले सागको अनिश्चित मितिका कारण फिफा लगायत अन्तराष्ट्रिय संस्थासंग समन्व्य गर्न नसकिएको स्विकार गरेको छ ।

'साग निर्धारित मितिमा नहुने पुरानै रोग छ । सोही कारण अन्तराष्ट्रिय क्यालेन्डरमा खेलहरुलाई समावेश गर्न र समन्व्य गर्न समस्या हुँदै आएको छ ।' एनओसीका एक पदाधिकारीले खेलपाटीसंग भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुखद् सुरुआतमा चेल्सी
सुखद् सुरुआतमा चेल्सी
स्वदेश फर्किइन् रेखा
स्वदेश फर्किइन् रेखा
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सुखद् सुरुआतमा चेल्सी
सुखद् सुरुआतमा चेल्सी
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP