एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का रहेको टिम आबु धाबीले युएईमा जारी टी-१० क्रिकेट लिगमा अहिले डेकन ग्लाडीयटर्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
युएईको आबु धाबीमा ग्लाडीयटर्सले टस जितेको छ र पहिले बलिङ रोजेको छ । आबु धाबीले पहिले ब्याटिङ गरिरहेको छ ।
ग्लाडीयटर्सविरुद्ध पारस भने टिममा अटाएका छैनन् । सुरुवाती दुई खेल खेलेका पारस लगातार तेस्रो खेलमा टिम बाहिर रहेका हुन् ।
आज दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । आबु धाबी सुपर लिगमा ३ अंक जोडेर पुछारमा रहेको छ । ग्लाडीयटर्स ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
