काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम कर्नाटका टुसकेर्सले युएईमा जारी टी-१० क्रिकेट लिगमा अहिले मराठा अरेबियन्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
आबु धाबीमा अरेबियन्सले टस जितेको छ र पहिले ब्याटिङ रोजेको छ । सन्दीपको टिम कर्नाटकाले बलिङ गर्दैछ ।
अरेबियन्सविरुद्ध सन्दीप प्लेईङ सेटमा परेका छन् । सन्दीपले अघिल्ला तीन खेलमा ३ विकेट लिईसकेका छन् ।
अरेबियन्सविरुद्ध मैदान उत्रदा कर्नाटका जितको खोजीमा हुनेछ । यस्तै अरेबियन्स पनि जित निकाल्ने लक्ष्यमा हुनेछ ।
सुपर लिगमा कर्नाटका ३ खेलमा २ अंक जोडेर समूहको पुछारमा रहेको छ । यस्तै अरेबियन्स ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।