काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम कर्नाटका टुसकेर्सले युएईमा जारी टी-१० क्रिकेट लिगमा आज (बुधबार) मराठा अरेबियन्ससँग खेल्दै छ ।
युएईको आबु धाबीमा हुने सन्दीपको टिम कर्नाटका र अरेबियन्सबीचको खेल नेपाली समय अनुसार बेलुका ५:१५ मा सुरु हुनेछ ।
अरेबियन्सविरुद्ध मैदान उत्रदा कर्नाटका जितको खोजीमा हुनेछ । यस्तै अरेबियन्स पनि जित निकाल्ने लक्ष्यमा हुनेछ ।
सुपर लिगमा कर्नाटका ३ खेलमा २ अंक जोडेर समूहको पुछारमा रहेको छ । यस्तै अरेबियन्स ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
अरेबियन्सविरुद्ध कर्नाटकाले सन्दीपलाई प्लेईङ सेटमा खेलाउने सम्भावना बलियो रहेको छ । सन्दीपले अघिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन्।
सन्दीपले पहिलो खेलमा १ र दोस्रो खेलमा २ विकेट लिएका थिए । तेस्रो खेलमा सन्दीपले विकेट लिन सकेनन् ।