काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले चोट बोकेकी छिन् ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बन्द प्रशिक्षणमा रहेकी कप्तान रुबिनाले काधको चोट बोकेकी हुन् ।
टियु क्रिकेट मैदानमा मंगलबार प्रशिक्षणको क्रममा कप्तान रुबिनाले चोट बोकेकी हुन् ।
'फिल्डिङको बेला डाइभ गर्दा काँधमा चोट लागेको छ,' कप्तान क्षेत्रीले खेलपाटीसँग भनिन्, 'त्यसैले आज अभ्यासमा जान सकिनँ ।'
तर, कप्तान रुबिनाको चोट गम्भीर नरहेको टिमको फिजियो र प्रशिक्षकले जानकारी गराए ।
रुबिनाले पनि बिहिबारबाट आफु चोट मुक्त हुँदै प्रशिक्षणमा फर्किने बताईन् ।
'खासै ठुलो चोट हैन । भोलीसम्म त अभ्यास नै सुरु गर्छु होला,' रुबिनाले थपिन् ।
सागका लागि नेपाली टिमले टियु मैदान प्रशिक्षण गरिरहेको छ । साग अन्तर्गत महिला क्रिकेट पोखरामा आयोजना हुनेछ ।
महिला टोली केहि दिनमा पोखरा जाने र त्यहिँ अभ्यास गर्ने प्रशिक्षक जगत टमटाले बताए ।
यो पनि हेर्नुहोस :
साग विशेष १ - उत्साहित महिला क्रिकेटर

साग खेल्ने नेपाली महिला टिम :
रुबिना क्षेत्री
सिता राना मगर
इन्दु बर्मा
काजल श्रेष्ठ
करुणा भण्डारी
अप्सरी बेगम
सोनु खड्का
सरस्वती चौधरी
ममता चौधरी
अन्जली चन्द
सरिता मगर
शान्ति खतिवडा
रोमा थापा
डली भट्ट
कविता कुवर
वैकल्पिक खेलाडी :
ज्योति पाण्डे
संगीता राई
अस्मिना कर्माचार्य