एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का रहेको टिम आबु धाबीले युएईमा जारी टी-१० क्रिकेट लिगमा अहिले बंगला टाइगर्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
शेख जायद स्टेडियममा बंगला टाइगर्सले आबु धाबीलाई जितका लागि १ सय ३० रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको बंगलाले १० ओभरमा ३ विकेट गुमाएर १ सय २९ रन बनायो ।
बंगालाका लागि रिले रस्सोले अविजित ४४ रन बनाए । यस्तै आन्द्रे फ्लेटचरले ४२ तथा कोलिन इन्ग्रामले २३ रन बनाए ।
आबु धाबीका बेन लुन्घलिनले २ विकेट लिए ।
बंगलाविरुद्ध पारस भने प्लेईङ सेटमा अटाएका छैनन् । सुरुवाती दुई खेल खेलेका पारस लगातार दोस्रो खेलमा टिम बाहिर रहेका हुन् ।