काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा प्रतिस्पर्धा गरेर नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएका छन् ।
प्रतियोगिताको समूह चरणबाट बाहिरिएको नेपाली टिम मंगलबार नेपाल आईपुगेका छन् । नेपाली टिमलाई नेपाल क्रिकेट संघ (क्यान) का सदस्य अमित बिर पाण्डे लगायतले स्वागत गरेका थिए ।
प्रतियोगिताको समूह 'बी' मा रहेको नेपालले समूह चरणमा एक खेल मात्र जितेको थियो । ३ खेलमा २ अंक जोडेको नेपाल समूह चरणमा तेस्रो स्थानमा रहेको थियो ।
नेपालले समूह चरणमा हङकङलाई ४० रनले हराएको थियो । तर, बंगलादेशको यू-२३ टिमसँग ८ र भारतको यू-२३ टिमसँग ७ विकेटले पराजित भएको थियो ।
नेपालको समूहबाट बंगलादेश विजेता र भारत उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
अब नेपाली टिमले घरेलु भूमिमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद साग खेल्ने छ ।