आइतबार, मंसिर १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

नेपाल बंगलादेशसँग पराजित 

सोमबार, मंसिर २, २०७६खेलपाटी संवाददाता
नेपाल बंगलादेशसँग पराजित 
Classic Tech Internet Ad

काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणकाे अन्तिम खेलमा नेपाल पराजित भएको छ ।

ढाकामा सोमबार भएको खेलमा नेपाल बंगलादेशको यू-२३ टिमसँग ८ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य बंगलादेशले २४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।

बंगलादेशको लागि नजमोल हुसेनले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोहमद नाइमले ४५ तथा यासिर अलीले अविजित १८ रन बनाए ।

नेपालका सुशन भारी र करण केसीले १/१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४४ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३८ रन बनाएको थियो ।

नेपालका लागि सोमपाल कामीले बाहेक अन्य खेलाडीले गतिलाे प्रर्दशन गर्न सकेनन् । पुछारबाट ब्याटिङ गर्न आएका उनले ४ चौकाकाे मदतले ६३ बलमा सर्वाधिक ३८ रन बनाए ।

खराब सुरुवात गरेको नेपालका लागि सोमपाल र करण केसीले ५० रनको साझेदारी गरेपछि नेपाल न्युन स्काेर हुनबाट जाेगिएकाे हाे ।

पहिलो विकेटका लागि कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्ले ३३ रनको साझेदारी गर्दै राम्राे सुरुवात दिलाएका थिए । भुर्तेल १० रनमा आउट भए ।

त्यसलगत्तै नेपालले थप १ रन जोड्दा दाेस्राे विकेट गुमायो ।

अर्का ओपनर तथा कप्तान मल्ल २२ रनमा आउट भए । शरद १ रनमा पेभेलियन फर्किए ।

यस्तै करणले १८, आरिफ शेख ११, कुशल भुर्तेल १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंककाे स्काेर छुन सकेनन् ।

बंगलादेशका मिन्हाजुल अब्दीन अफ्रिदी र सुमोन खानले समान ३/३ विकेट हात पारे ।

यस्तै तान्भिर इस्लामले २ विकेट हात पार्दा मेहेदी हसनले १ विकेट लिए ।

नेपाललाई पराजित गरेसँगै बंगलादेश भने समूह 'बी' को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

अपराजित बंगलादेशले ३ खेलमा ६ अंक जोड्यो ।

नेपालले भने ३ खेलमा २ अंक जोडेको छ । नेपाल तेस्रो स्थानमा रहेको छ ।

नेपालको सेमिफाइनल पुग्ने सम्भावना गणितीय मात्र रहेको छ ।

अब नेपालको सेमिफाइनल समीकरण भारत र हङकङबीचको खेलले तय हुनेछ । भारतलाई हङकङले पराजित गरे नेपालको सेमिफाइनल सम्भावना रहन्छ ।

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल दृष्टिविहिन महिला टी-२० विश्वकपको सेमिफाइनलमा

नेपाल दृष्टिविहिन महिला टी-२० विश्वकपको सेमिफाइनलमा

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

Bajaj Pulsar Motorcycle Ad
लालीगुराँस एन्फा प्रेसिडेन्ट लिगको उपाधिनजिक

लालीगुराँस एन्फा प्रेसिडेन्ट लिगको उपाधिनजिक

 धाविका बुढा सम्मानित

धाविका बुढा सम्मानित

नेपाल दृष्टिविहिन महिला टी-२० विश्वकपको सेमिफाइनलमा

नेपाल दृष्टिविहिन महिला टी-२० विश्वकपको सेमिफाइनलमा

स्पेन विश्वकपनजिक

स्पेन विश्वकपनजिक

सेनेगलविरुद्ध ब्राजिलले लियो बदला

सेनेगलविरुद्ध ब्राजिलले लियो बदला

एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

लगातार दोस्रोपल्ट च्याम्पियन बन्यो कर्णाली

लगातार दोस्रोपल्ट च्याम्पियन बन्यो कर्णाली

टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने

टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने