• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
क्यान निलम्बन फुकुवाकाे सम्भावना कम
विश्वास थापा
आइतबार, असोज २६, २०७६ विश्वास थापा
क्यान निलम्बन फुकुवाकाे सम्भावना कम

काठमाडौँ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)माथि लगाएको निलम्बन तत्काल हट्ने सम्भावना कम रहेको निर्वाचित कमिटिले बताएको छ ।

नयाँ निर्वाचन लगत्तै क्यान निलम्बन फुकुवा गर्ने आईसीसीले आश्वासन दिएपनि तत्काल सो सम्भावना कम रहेको क्यानको निर्वाचित कमिटिले बुझाई छ ।

क्यान निलम्बन फुकुवा लगायतका विभिन्न एजेण्डामा छलफल गर्न आईसीसीको बोर्ड बैठक आज (आईतबार) दुबईमा बस्दैछ ।

तर आईसीसीबाट निलम्बन फुकुवाको निर्णय हुने सम्भावना कम रहेको क्यानको निर्वाचित कमिटिले बताएको छ ।

क्यानका नवनिर्वाचित महासचिव अशोकनाथ प्याकुरेलले आईसीसीबाट तत्काल क्यान निलम्बनको फुकुवा हुने सम्भावना कम रहेको बताए ।

‘आईसीसीले नेपालको निलम्बन फुकवा गर्छ भन्ने मलाई लाग्दैन ।’ प्याकुरेलले खेलपाटीसंग भने, ‘आईसीसीले नेपाली क्रिकेटको बिषयमा केही न केही निर्णय गर्छ । तर फुकुवा हुने सम्भावना निकै कम छ ।’

आईसीसीले क्यानको नयाँ विधान अनुसार हुने निर्वाचनलाई निलम्बन फुकुवाको पहिलो आधार बनाएको थियो ।

सोही अनुसार काठमाडौंमा गत असोज १० र ११ भएको साधारण सभाले चतुरबहादुर चन्द नेतृत्वको नयाँ कार्यसमितिको निर्वाचन गरेको थियो ।

आईसीसीले बनाएको स्वतन्त्र कमिटिले क्यानको विधान अनुसार जिल्ला, प्रदेश र केन्द्रको संघको निर्वाचन सफलतापुर्वक सम्पन्न गरेको थियो ।

नयाँ विधान अनुसार क्यानको चुनाव आईसीसीको मुख्य शर्त भएपनि अन्य धेरै बिषय मिलाउन बाँकी रहेको महासचिव प्याकुरेलले बताए ।

‘निलम्बन फुकुवा हुनका लागि नयाँ विधान अनुसारनै चुनाब गराउनुपर्ने थियो । त्यो हामीले सम्पन्न गरिसकेका छौ ।’ उनले भने, ’तर निलम्बन हटाउन थप अन्य शर्त जस्तै सरकारी बिषय, निलम्बित क्यानमा देखिएको गुनासो, कार्यालय व्यवस्थापन, काम गर्ने पद्वतीमा थप कुरा सुधार गर्दै अगाडी बढेमा निलम्बन फुकुवाको पाटोमा पुग्ने हो ।’
उनले नेपाली क्रिकेट सकारात्मक बाटोमा जाने निर्णय भने आईसीसीबाट हुन सक्ने बताए ।

‘आईसीसीले निलम्बन फुकुवाका लागि केही शर्तहरु बताउनेछ ।’ प्याकुरेलले थपे, ‘नेपालसंग सहकार्य गर्दै आएका आईसीसीका पदाधिकारीलाई केही निर्देशन प्राप्त हुन सक्छ । सोही अनुसार निलम्बन फुकुवा अर्को प्रक्रियामा जाने छ ।’

महासचिव प्याकुरेलले निलम्बन फुकुवाको निर्णय हुन अझै केही महिना लाग्ने खेलपाटीलाई बताए ।

‘चुनाबको भोलीपल्ट आईसीसीले सकारात्मक रहेको बिज्ञप्ती सार्वजनीक गर्यो तर आईसीसी हरेक बिषयमा प्रक्रियाबाट अघि बढ्ने भएकाले निलम्बन फुकुवामा केही समय लाग्न सक्छ ।’ उनले भने ।

सन् २०१६ मा आईसीसीले सरकारी हस्तक्षेप र अवैधानिक चुनावको कारण देखाउँदै नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो ।

नेपालमाथि लागेको निलम्बन फुकुवा गर्न आईसीसीलेनै सल्लाहाकार समिति गठन गरेर क्यानको नयाँ विधान तयार गरेको थियो ।

लगत्तै सरोकारवाला निकायलाई समावेश गर्दै स्वतन्त्र कमिटिमार्फत क्यानको नयाँ नेतृत्व स्थापित गरेको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
रौनकको शतक, भुटानलाई ३५९ रनको लक्ष्य
रौनकको शतक, भुटानलाई ३५९ रनको लक्ष्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP