सोमबार, कार्तिक १८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

पहिलो टेष्टमा भारतको फराकिलो जित

आइतबार, असोज १९, २०७६खेलपाटी संवाददाता
पहिलो टेष्टमा भारतको फराकिलो जित
Classic Tech Internet Ad

एजेन्सी । विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेष्ट क्रिकेटमा भारतले फराकिलो जित निकालेको छ ।

बिशाखापटनममा दक्षिण अफ्रिकालाई २०३ रनको फराकिलो अन्तरले हराउँदै भारतले सिरिजमा सुखद सुरुवात गरेको हो । जितसँगै भारतले तीन खेलको सिरिजमा १-० ले अग्रता बनाएको छ ।

भारतले दिएको ३९५ रनको फराकिलो लक्ष्य पछाएको दक्षिण अफ्रिकाले दोस्रो इनिङ्समा ६३ ओभर ५ बलमा अलआउट हुँदै १९१ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि डेन पिएटले ५६ रनको अर्धशतकीय इनिङ्स खेल्दा सेनुरन मुथुसम्यले अविजित ४९ रन जोडे । यस्तै एडीन मार्क्रमले ३९ रन बनाए ।

भारतका लागि मोहमद शामीले ५ विकेट लिए । रबिन्द्र जडेजाको नाममा ४ विकेट रह्यो ।

पहिलो इनिङ्समा दक्षिण अफ्रिकाले ४३१ रन बनाएको थियो । पहिलो इनिङ्समा डीन एल्गरले १६० तथा क्विनटन डी ककले १११ रनको शतकीय इनिङ्स खेलेका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा ५०२ रन बनाएको थियो । भारतका मायाँक अग्रवालले २१५ रनको दोहोरो शतकीय इनिङ्स खेलेका थिए । यस्तै रोहित शर्माले १७६ रनको शतकीय इनिङ्स खेले ।

दोस्रो इनिङ्समा भने भारतले ३२३ रन जोडेर इनिङ्स समाप्तिको घोषणा गरेको थियो । दोस्रो इनिङ्समा भारतका रोहित शर्माले १२७ रनको शतकीय इनिङ्स खेलेका थिए । यस्तै चेतेश्वर पुजाराले ८१ रनको योगदान दिएका थिए । दक्षिण अफ्रिकाका केशव महाराजले २ विकेट लिएका थिए ।

दुई टोलीबीचको दोस्रो टेष्ट बिहिबारबाट पुनेमा सुरु हुनेछ । टेष्ट सिरिजपछि दुई टोलीले एकदिवसीय सिरिज खेल्नेछ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तेस्रो प्रयासमा भारतले जित्यो विश्वकप

तेस्रो प्रयासमा भारतले जित्यो विश्वकप

नेपालको लगातार तेस्रो हार

नेपालको लगातार तेस्रो हार

चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

Bajaj Pulsar Motorcycle Ad
पुलिसको जितमा मिनाको ५ गोल

पुलिसको जितमा मिनाको ५ गोल

 ए डिभिजन लिग यस वर्ष नहुने

ए डिभिजन लिग यस वर्ष नहुने

एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख रुपैयाँ पाउने

एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख रुपैयाँ पाउने

‘रोबोट सेलिब्रेशन’मा हल्यान्ड

‘रोबोट सेलिब्रेशन’मा हल्यान्ड

दशौंको छलफल गर्न मुख्यमन्त्रीले दिएनन् समय

दशौंको छलफल गर्न मुख्यमन्त्रीले दिएनन् समय

बायर्नले बर्लिनसँग खेल्ने

बायर्नले बर्लिनसँग खेल्ने

फेरि चम्किए हल्यान्ड

फेरि चम्किए हल्यान्ड

क्लासिकोको चोटलाई बिर्सिन खोज्दै बार्सिलोना

क्लासिकोको चोटलाई बिर्सिन खोज्दै बार्सिलोना