मंगलबार, ०५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

चतुर, चुनाव अनि चुनौती

आइतबार, १२ आश्विन २०७६हिम बिक्रम केसी
चतुर, चुनाव अनि चुनौती

क्यानका नवनिर्वाचित अध्यक्षा चतुरबहादुर चन्द । फाेटाे : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं ।

चतुर अर्थात चतुरबहादुर चन्द फेरी नेपाली क्रिकेटको नेतृत्वमा आए । चार बर्षअघि समेत उनी अध्यक्ष भएका थिए । तर खेलकुदको सर्वोच्च निकाय राखेपले उनी निर्वाचित भएको चुनावलाई मान्यता दिएन । चार बर्षको समयचक्रले पुन उनलाई नेपाली क्रिकेटको नेतृत्वमै स्थापित गराएको छ । अन्तत आईसीसीले गराएको चुनावमा चतुरले नै बाजी मारेका छन्, त्योपनि धेरै मत अन्तरले ।

चतुर क्रिकेटर हैनन् । उनले कहिल्यै ब्याट समाएनन्, बलिङ गरेनन् । तर नेपाली क्रिकेट नेतृत्वमा उनी लामो समयदेखि आबद्व रहे, प्रशांसकको रुपमा ।

पेशाले उनी शिक्षक हुन् । राजनीति उनको उद्वेश्य हो । उनी कांग्रेसबाट दुई पटक महासमिति सदस्य भईसकेका छन् । उनको जिल्ला बैतडी हो । उनी कांग्रेसको जिल्ला उपसभापति हुन् ।

भर्खरै मात्र हो उनले शिक्षण पेशाबाट अवकास लिएको । लगत्तै उनी जिल्ला उपसभापतिमा मनोनित भए । हुन त उनी जिल्ला सभापतिमा दाबेदार थिए । तर सरकारी जागिरले गर्दा उनी पुर्णकालिन राजनीतिमा केही ढिला गरि आए । जब आए, सिधै जिल्ला उपसभापति भए ।

शिक्षण पेशामा हुदाँ समेत उनी पार्टी राजनीतिमा क्रियाशिल थिए । संगै क्रिकेट राजनीतिलाई अघि बढाएका थिए । क्रिकेटको केन्द्रिय निकायमा उनको परिक्षण हुन बाँकी छ । तर क्षेत्रीय क्रिकेटमा उनलाई सम्झिने खास खास कारण छ ।

नेपालको राष्ट्रिय क्रिकेट टिमको अनुहार हेर्नुस त, अधिकांश अनुहार सुदुरपश्चिकै छन् । बिनोद भण्डारीदेखि दिपेन्द्र सिंह ऐरीसम्म । अझ नयाँ अनुहार त कति कति ।
सुदुरपश्चिमलाई क्रिकेटको शहर बनाउन भुमिका चतुरले खेलेको धेरैले मान्छन् । उनैले सुदुरपश्चिमलाई क्रिकेटको उर्वर भुमि बनाए । तत्कालिन क्षेत्र नम्बर ५ बाट छुट्टिएर उनैले सुदुरपश्चिमलाई क्रिकेटको नयाँ क्षेत्र बनाए । अनि सुदुर नेपालमा क्रिकेटको जग हाले ।

उनले सुदुरपश्चिमलाई क्रिकेटको उर्वर भुमिमात्र बनाएनन्, बैतडी जस्तो दुर्गम जिल्ला हुदै क्रिकेटको केन्द्रिय राजनीतिमा समेत आफुलाई स्थापित गर्न सफल रहे । अब समग्र नेपाली क्रिकेटको नयाँ अध्याय लेख्ने जिम्मेवारी उनै चतुरको काँधमा आईपुगेको छ ।

चुनाव –

चतुरले जितेको चुनावको कुरा गर्नु अघि केही बर्ष अगाडी फर्कौ ।

आईसीसीले ७३ सालको बैशाखमा नेपाली क्रिकेट निलम्बन गरेको थियो । सरकारी हस्तक्षेप र चुनावको वैधानिकमा आईसीसीको प्रश्न थियो ।

सुरुमा वैधानिकको प्रश्नमा केन्द्रित हौ ।

चार बर्षे कार्यकाल सकिन लागेको थियो । टंक आङबुहाङ नेतृत्वको कार्यसमितिलाई चुनाव गराउनुपर्ने बाध्यता थियो । तर चुनावको संघारमा संघभित्र आन्तरिक कलह तिव्र बन्यो । आफु पुन अध्यक्ष हुने सर्तमा मात्र टंकले निर्वाचन गर्ने अड्डी कसे । तर प्रष्ट बहुमतमा रहेको चतुर समुहलाई सर्त मान्य हुने कुरै भएन ।

टंकले चुनावको सहमती नै दिएनन् । तर अध्यक्षलाई साथमै नलिएर चतुर समुह निर्वाचनमा अघि बढ्यो । अध्यक्ष सहमत नभएको क्यानको निर्वाचन गराउन राखेप सहमत भएन । उसले चुनावको मिति नै दिएन । पटक पटक चतुर समुहले मितिका लागि परिषद्संग हार गुहार गरेका थिए । तर तत्कालिन सदस्य सचिव केशव विष्ट टसको मस भएनन् । केही जिल्लाको विवादलाई उनले मुख्य कारण देखाए । तर विष्टमाथि आजपनि लाग्ने एउटा आरोप छ, क्यानको वैधानिक हैसियत गुम्नुमै उनले आफ्ना स्वार्थ समुहको भलो देखेका थिए ।

राखेपको सहमती बिनै चतुर समुहले साधारण सभा आह्वान गर्यो । बाधा अड्काउ फुकाउ गर्दै क्यानको निर्वाचन गर्यो । चतुर समुहसंग अरु विकल्प पनि त थिएन ।
तर बाधा अड्काउ फुकाउको कुनै वैधानिक आधार थिएन । भलै महासचिव अशोकनाथ प्याकुरेलले सार्वभौम साधारण सभाले त्यो हैसियत राख्ने दाबी गर्दै आए । तर सोही चुनावलाई आईसीसीले अवैधानिक करार गरिदियो ।

अब थोरै कुरा सरकारी हस्तक्षपको गरौ ।

परिषद्ले चतुर नेतृत्वको क्यानको चुनावलाई बारम्बार अवैधानिक भन्यो । निर्वाचित क्यानको कुनै वैधानिक हैसियत नभएको जिकिर गर्यो । सरकारले अन्तिम समयमा क्यान विगठन गर्दै रमेश सिलवालको नेतृत्वमा तदर्थ कमिटि गठन गर्यो । लगत्तै काम गर्न नपाएको भन्दै निर्वाचित क्यान अदालतको ढोका पुग्यो । सबै घटनालाई सुष्म ढंगले हेरिरहेको आईसीसीले क्यानलाई निलम्बन ठोकिदियो ।

अब चतुरको दोस्रो ईनिङ्सको कुरा गरौ ।

क्यान अनिश्चितकालिन निलम्बनमा पर्यो । तर चतुरको क्रिकेट राजनीतिको क्रियाशिलतामा कुनै कमी आएन । उनी सर्वसम्मत अध्यक्ष चुनिएका थिए । क्यान निलम्बनमा रहेपनि उनले निलम्बित क्यानको निरन्तर नेतृत्व गरिरहे ।

जिल्ला, प्रतिनिधि र कार्यसमितिलाई एक ठाउँमा जोड्दै क्रिकेट विवाद समाधानको हिसाव किताब निकालिरहे । क्यान निलम्बनमा रहदाँ समेत उनले कार्यसमितिको बैठक पटक पटक बोलाए । छलफल गरे, परामर्श गरे अनि निर्णय लिए । तर आफुबाट कसैलाई बाहिर जान दिएनन् ।

आईसीसीको स्वतन्त्र कमिटिले जब २० जिल्लाको निर्वाचनलाई वैधता दिदै १९ जिल्लामा पुन निर्वाचन गराउने निर्णय गरेको थियो, त्यही समय केन्द्रिय चुनावमा चतुर बलियो हुने लख काटिएको थियो ।

चुनावको दौरान समेत चतुर सबै जिल्लासंग सम्पर्कमा बसे । आफु अनुकुलको अंक गणित निकाल्न प्रयास गरे । धेरैमा उनी सफल भए । जब जिल्ला र प्रदेशको निर्वाचन सकियो, चतुर त्यही समय सुविधाजनक बहुमतमा थिए । चुनावको अघिल्लो दिन खेलपाटीसंगको भेटमा हुने विपक्षी टिमको भोट किटेरै बताएका थिए ।

चुनाव जित्नेमा उनी पुरै आत्मविश्वासी थिए । उनको अनुहारको छटपटी हेर्दा लाग्थ्यो, उनी जितको ब्यग्र प्रतिक्षामा थिए ।

जब नतिजा आयो, उनले प्रचण्ड बहुमत प्राप्त गरेका थिए । उनले ५९ मा ४४ मत प्राप्त गरेका थिए । अर्का प्रत्यासी विनयलाई १५ भोट खसेको थियो । चुनावी अंक गणितलाई नियालेका धेरैका लागि नतिजा प्रत्यासीत थियो । जिल्ला र प्रदेशको निर्वाचनले केन्द्रिय चुनावमा चुतरको प्यानल हाबी हुने प्रष्ट देखाएको थियो ।

चुनौती

अब चतुर चुनौतीले घेरिएका छन् । यसबारे उनी समेत जानकार छन् । क्रिकेटप्रति आम समर्थकको ठुलो अपेक्षा छ । समर्थक र सिंगो खेलकुदको अपेक्षालाई सम्बोधन गर्दै क्रिकेट विकाशको रोडम्याप कोर्ने जिम्मेवारी चतुरको काँधमा आईपुगेको छ ।

उनको चुनौतीलाई बुँदागत रुपमै उल्लेख गरौ ।

पहिलो – चतुरको कर्मथलो बैतडी हो । राजनीतिक क्षेत्र बैतडी भएकाले अधिकांश समय उनी गृह जिल्लामै बिताउने गर्छन् । क्यानको केन्द्रिय नेतृत्वमा आईसकेपछि नेपाली क्रिकेटले उनीबाट धेरै समय माग गर्छ । के उनी त्यसकालागि तयार छन् ? त्यहीबाट उनको परिक्षा सुरु हुनेछ ।

महासचिव अशोकनाथ प्याकुरेल, उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सदस्य अमित विर पाण्डे बाहेक क्यानका अधिकांश सदस्य काठमाडौं बाहिरबाट आएका छन् । केन्द्रिय क्रिकेटमा उनीहरुले दिने समयले धेरै हदसम्म नेपाली क्रिकेटको गति निर्भर रहनेछ ।

दोस्रो – राखेपको सदस्य सचिवमा रमेश सिलवाल छन् । कुनै समय उनी क्यान विगठनपछि बनेको तदर्थ कमिटिका संयोजक थिए । तत्कालिन समयमा उनै सिलवालविरुद्व चतुर समुहले अदालतमा मुद्वा दायर गरेको थियो ।

क्यानको केन्द्रिय चुनावको संघारमा उनै सिलवालले बखेडा झिकेका थिए । उनले चुनावका लागि राखेपसंग मान्यता लिनुपर्ने र निर्वाचन मण्डल राखेपले गठन गर्नुपर्ने अडान कसेका थिए । तर सिलवाल आफ्ना अडानबाट केही सन्देश दिन चाहन्थे, आफुलाई बाइपास गरेर वा आफ्नो ईच्छा विपरित क्रिकेट अघि बढ्न सक्दैन । उनै सिलवालसंग चतुरले अब चार बर्ष काम गर्नुपर्नेछ । चतुर र सिलवालको सम्बन्धले नेपाली क्रिकेटको भविष्य धेरै हदसम्म प्रभावित बन्नेछ ।

तेस्रो – चतुर सम्मिलित क्यानको पहिलो निर्वाचित कमिटि आईसीसीको नजरमा बदनाम छ, विश्वास गुमाएको छ । आर्थिक पारदर्शीता, कार्यसम्पादन र सुशासनमा खरो उत्रिन नसक्दा आईसीसीले नेपालाई प्रदान गर्दै आएको अनुदान समेत रोकेको थियो ।

चन्दलाई आईसीसीसंग बिग्रएको सम्बन्धलाई सुधार गर्दै विश्वासमा लिनुपर्ने चुनौती छ । काम गरेर विश्वास जित्नुपर्ने चर्को दबाब उनी समक्ष छ । चतुर नेतृत्वको क्यानले आईसीसीलाई दिलाउने विश्वासले समेत क्रिकेट विकासमा आउने अन्तराष्ट्रिय सहयोगमा ठुलो भुमीका खेल्ने जानकारहरु बताउँछन् ।

चौथो – क्यानको भर्खरै सकिएको चुनावमा केही मुख्य खेलाडी बाहिर रहे । ठाकुर प्रताप थापा र दिवाकर घले केही ठुला खेलाडी हुन् । आफ्नो समुहका मुख्य खेलाडीलाई व्यवस्थापन गर्नुपर्ने चुनौती चतुरका अगाडी छ । चुनाव बाहिर रहेका खेलाडीले विधान संशोधन गरेर आफ्नो भुमिका खोज्न सक्छन् । बाहिर रहेका क्रिकेटर प्रभावशाली अनुहारलाई व्यवस्थापन गर्नुपर्ने चुनौती उनका अगाडी छ ।

अर्को कुरा, चुनाव चुतरले जितेका छन् तर नेपाली क्रिकेटका केही ठुला नाम चुनावमा हारेका छन् । विनयराज पाण्डे सहितको चुनावमा पराजित टिमको व्यस्थापन समेत चतुरको चुनौतीको बिषय हो । पुर्व कप्तान पवन अग्रवाल, प्रशिक्षक जगत टमाटा, प्रफुल्ल वैद्य, उपेन्द्र भट्टराई जस्ता क्रिकेटका ठुला अनुहारको सम्बोधन चतुरले गर्नुपर्नेछ ।

पाँचौ – चतुर सम्मिलित क्यानसंग राष्ट्रिय क्रिकेट टिमका खेलाडीको सम्बन्ध कहिल्यै समुधुर रहेन । खेलाडीकै उजुरीका कारण चुतर सहितका पदाधिकारीले अख्तियारमा भ्रष्टचारको मुद्वा खेप्न पर्यो ।

पुन चुनावबाट नेतृत्वमा आएपछि राष्ट्रिय टिमका खेलाडीलाई सन्तुलनमा राख्नुपर्ने चुनौती चतुर नेतृत्वको कार्यसमितिलाई छ । चार बर्ष क्यान नहुदाँ नेपाली टिमको व्यवस्थापन रमन सिवाकोटीले गरे । अब क्रिकेटको व्यवस्थापनको जिम्मेवारी नयाँ कार्यसमितिमा आईपुगेको छ । जिम्मेवार ढङ्गले अघि नबढे क्रिकेटर र संघबीचको विवाद पुन ब्युँतिन सक्नेछ । क्रिकेट नयाँ विवादमा जेलिन सक्छ ।

सबै भन्दा मुख्य चुनौती आईसीसीलाई विश्वासमा लिएर क्यान निलम्बनको फुकुवा गर्नुपर्ने दायित्व निर्वाचित क्यानका अगाडी छ । शुन्य अवस्थामा रहेको घरेलु क्रिकेटको संरचनालाई नयाँ आकार दिदै क्यानमा नयाँ कर्मचारीको नियुक्ती अनि स्रोतको व्यवस्थापनले चतुरको टाउको दुखाउने पक्का छ । तलब नपाएर बसेका कर्मचारी र खेलाडीको खिन्न अनुहार उनले सुरुमै भोग्नुपर्नेछ ।

अन्तिममा –

चुनावबाट नेपाली क्रिकेटको शक्ति घरमा फर्किएको छ । क्यान निलम्बनको अवस्थामा नेपाली क्रिकेटको वर्तमान र भविष्य दुबईस्थित आईसीसीको केन्द्रिय कार्यालयमा कैद थियो ।

अब घरमा फर्किएको क्रिकेटको शक्तिलाई क्रिकेटको विकासमा लगाउनुपर्ने दायित्व क्यानको नयाँ कार्यसमितिका अगाडी छ । खेलाडी उत्पादन, ग्रासरुटको विकासको ढाँचा, नेपाली क्रिकेटको कार्ययोजना र अन्तराष्ट्रिय रोडम्यापको खाका सिंगो नेपाली खेलकुदले प्रतिक्षा गरेर बसेको छ । के नयाँ कार्यसमिति चुनौतीमा खरो उत्रिन सक्ला ?

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सकसमा अस्ट्रेलिया

सकसमा अस्ट्रेलिया

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल दोस्रो सिजन जेठमा

एन्फाको निर्वाचन फागुन २७ गते हुने

एन्फाको निर्वाचन फागुन २७ गते हुने

सकसमा अस्ट्रेलिया

सकसमा अस्ट्रेलिया

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी