• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
तेक्वान्दो
  • गृहपृष्ठ
  • तेक्वान्दो
फाइटमा नेपाल टिम च्याम्पियन
खेलपाटी संवाददाता
सोमबार, भदौ ३०, २०७६ खेलपाटी संवाददाता
फाइटमा नेपाल टिम च्याम्पियन

काठमाडौं । आयोजक नेपालको युनाइटेड तेक्वान्दो डोजाङ तेस्रो काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा क्याडेट र जुनियर दुवैतर्फ टिम च्याम्पियन भएको छ ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको प्रशिक्षण केन्द्रमा आइतबार सम्पन्न च्याम्पियनसिपमा महिला÷पुरुषको फाइटमा क्याडेटतर्फ ६ स्वर्ण र जुनियरमा तीन स्वर्ण एक रजत र ३ कांस्यका साथ नेपालको युनाइटेड तेक्वान्दो डोजाङ दुई विधामा टिम च्याम्पियन बन्न सफल भयो ।

क्याडेटमा सुर्खेत जिल्ला तीन स्वर्ण, २ रजत र एक कांस्यका साथ दोस्रो तथा लैनचौर डोजाङ दुई स्वर्ण, ३ रजत र दुई कांस्य जित्दै तेस्रो स्थानमा रहन सफल भयो ।

युनाइटेड तेक्वान्दो डोजाङको आयोजनामा भएको च्याम्पियनसिपको जुनियरतर्फ भने सीतापाइला तेक्वान्दो डोजाङ दुई स्वर्ण र एक रजत तथा दिलिप स्मृति डोजाङ दुई स्वर्ण र एक रजतका साथ तेस्रो बन्न सफल भयो । सिनियरको फाइटमा भने भारतको दुई टोलीले शीर्ष दुई स्थान प्राप्त गर्दा नेपालको भ्याली डिभिजन तेस्रो स्थानमा खुम्चियो । क्याडेट फाइटतर्फ महिलामा नेपालका पूजा कुँवर र पुरुषमा महेन्द्र विक उत्कृष्ट खेलाडी चयन भए ।

जुनियरको पुरुषमा नेपालकै सरोज मगर र महिलामा आयसा लामा तथा सिनियरतर्फ पुरुषमा भारतका नरप्रीत सिंह र महिला अस्ट्रेलियाकी कातिन्का पेनकेथ उत्कृष्ट खेलाडी घोषित भए । पुम्सेतर्फ भने मलेसिया च्याम्पियन बन्न सफल भयो । मलेसियाले व्यक्तिगत, पेयर र टिममा गरी सर्वाधिक ७ स्वर्ण जितेको थियो । नेपालकै जेसिस स्कुल दोस्रो र माइति नेपाल तेस्रो स्थानमा रह्यो ।

जेसिसले तीन स्वर्ण, दुई रजत र २ कांस्य तथा माइती नेपालले तीन स्वर्ण र दुई रजत जितेको थियो । व्यक्तिगत पुम्सेतर्फ पुरुषमा मलेसियाका अनुवास सरात र महिलामा पनि मलेसियाकै नुर इर्दिना उत्कृष्ट खेलाडी चयन भए । पेयर पुम्सेमा भने नेपालको जेसिस स्कुलका योवेन्दन दाहाल र मोनिका मगरको जोडी उत्कृष्ट जोडी घोषित भयो । पुरुषको टिम पुम्सेमा नेपालको सीतापाइला डोजाङ तथा महिलामा स्युचाटार डोजाङ उत्कृष्ट टोली बन्न सफल भयो ।

आइतबार सम्पन्न फाइटतर्फ सिनियर पुरुषमा ८० केजीमुनि नेपालको विष्णु दाहालले स्वर्ण जित्दा घरेलु प्रतिद्वन्द्वी जोन राउतलाई हराए । भारतका अक्षकुमार जैन्त र नेपालका गकुल खत्री तेस्रो भयो । ६३ केजीमुनि भएको रोमाञ्चक फाइनलमा नेपालका कपिल थापाले भारतका शर्माशेर सिंहमाथि २१–२० स्कोरको जित रच्दै स्वर्ण दिलाएका थिए । यस तौलमा नेपालका नवीन केसी र भारतका रमेश तेस्रो स्थानमा खुम्चिए ।

७४ केजीमुनि भारतीय खेलाडी हाबी हुँदा नवप्रीत सिंहले स्वर्ण र अविजित सिंहले रजत पदक जिते । नेपालका चित्रबहादुर अधिकारी र कैलाश थारु तेस्रो भए । ६८ केजीमुनि भारतका सुनील कुमारले नेपालका ज्ञानबहादुर श्रेष्ठलाई हराउँदै स्वर्ण जिते । नेपालका किसन खत्री र सरोज बुढाथोकी तेस्रो भए । ५८ केजी तौलसमूहमा नेपालका सागर मृङचिङले स्वर्ण जित्न नेपालकै विक्रान्त डंगोललाई हराए ।

गत शुक्रबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपालसहित १४ राष्ट्रका आठ सय ६५ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेका थिए । टाइगर्स ब्रुअरी प्रालिको मुख्य प्रायोजनमा सञ्चालित च्याम्पियनसिपमा नेपालका सातै प्रदेशबाट ६ सय ५० र अन्य १३ राष्ट्रबाट दुई सय १५ खेलाडीले एक सय १४ स्वर्णका लागि प्रतिस्पर्धा गरेका हुन् ।

च्याम्पियनसिपमा दक्षिण एसियाका भारत, बंगलादेश, श्रीलंका, भुटान तथा दक्षिण एसियाबाहिरका दक्षिण कोरिया, मलेसिया, जापान, मकाउ, चीन, अस्ट्रेलिया, जर्मनी, अमेरिका र क्यानडाका खेलाडीले ग्योरोगी र पुम्सेमा प्रतिस्पर्धा गरेका थिए ।

च्याम्पियनसिपको फाइटमा क्याडेटतर्फ पुरुष तथा महिला दुवैमा आठ तौल समूह, जुनियर (१५ देखि १७ वर्ष) तर्फ पुरुष र महिलाले सात तौलसमूह, सिनियरको महिला र पुरुषमा आठ तौलसमूहमा खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार
१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार
नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने
नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने
काजल उत्कृष्ट निर्णायक
काजल उत्कृष्ट निर्णायक
राजकुमारलाई कोरियामा स्वर्ण
राजकुमारलाई कोरियामा स्वर्ण
सुशील र सुरज फाइनलमा
सुशील र सुरज फाइनलमा
अल्फालाई उपाधि
अल्फालाई उपाधि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जानकी ट्यालेन्ट हन्टबाट छनोट
जानकी ट्यालेन्ट हन्टबाट छनोट
एपिएफको गोलपोस्ट अञ्जिलाले सम्हाल्ने
एपिएफको गोलपोस्ट अञ्जिलाले सम्हाल्ने
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन
बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन
प्रीतिसम्मिलित इत्तिहाद पहिलो खेलमै पराजित
प्रीतिसम्मिलित इत्तिहाद पहिलो खेलमै पराजित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP