• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Fifa 2018
  • गृहपृष्ठ
  • Fifa 2018
ब्राजिलको भर : 'टिटे'
खेलपाटी संवाददाता
बिहीबार, जेठ ३१, २०७५ खेलपाटी संवाददाता
ब्राजिलको भर : 'टिटे'

सन् २००२ को विश्वकप । ब्राजिलले पछिल्लो पटक जितेको विश्वकप ।  जतिबेला ब्राजिलियन टोलीमा त्यस पुस्ताकै उत्कृष्ट खेलाडीहरु रोनाल्डो, रिभाल्डो, रोनाल्डिन्हो थिए ।

सन् २००२ पछिको विश्वकपमा भने ब्राजिलको प्रदर्शन बिर्सनलायक रह्यो । आफ्नै घरेलु मैदानमा भएको सन् २०१४ को को विश्वकपमा त् ब्राजिलियन टोली फिक्का नै देखियो । सेमिफाइनलमा जर्मनीसंगको ७-१ को पराजयले पुरै देशमा सन्नट्टा ल्यायो ।  अब, ब्राजिल फुटबलको भविष्य के हुन्छ त भन्ने प्रश्न सुनिन थाल्यो ।  त्यसबीचमा अब के हुन्छ भन्ने प्रश्न वरिपरि नै ब्राजिलियन फुटबल रुमलियो।  

घरेलु विश्वकपमा खराब प्रदर्शनको कारण फिलिपे स्कोलारीले टिम छाडेपछि त्यहिँ बर्ष डुंगा ब्राजिलको प्रशिक्षक बने । प्रशिक्षक डुंगा तिनै हुन् , जसको नेतृत्वमा ब्राजिल सन् २०१० विश्वकपको अन्तिम आठबाटै बाहिरिएको थियो ।  डुंगा नेतृत्वको ब्राजिल फेरी पनि असफल भयो । सन्२०१५ को कोपा अमेरिकामा ब्राजिल अन्तिम आठ भन्दा माथि जान सकेन । फलस्वरूप ब्राजिलले २० वर्षमा पहिलो पटक कन्फिडिरेसन कपमा छनौट हुने मौका गुमायो।  त्यसयताको प्रदर्शन हेर्दा ब्राजिलियन फुटबल झन् कमजोर हुदै गएको जस्तो देखिन्थ्यो ।

ब्राजिलियन फुटबलमा देखिएको समस्याको महासागर स्वयम् डुंगाले तार्न नसकेपछि 'अब के हुन्छ' भन्ने बहस फेरी सुरु भयो ।  त्यसबीचमा एडेनोर लियोनार्डो बाची यानिकी 'टिटे' कथामा देखिए । टिटे तिनै हुन् जसले कहिल्लै ब्राजिलको राष्ट्रिय टोलीबाट  खेल्न पाएनन् । नत, युरोपियन क्लब फुटबलको स्वाद नै चाख्न पाए । 

बायोडाटा मात्रै हेरेर प्रशिक्षक नियुक्ति गर्ने नीति ब्राजिलियन फुटबल संघले अख्तियार गरेको भए, टिटे यसपटकको विश्वकपमा नेमार एण्ड कम्पनिको नेतृत्व गर्दै रसिया जाने थिएनन् ।  टिटेको बायोडाटा त्यति मजबुत छैन तर उनको क्षमता भने कमजोर होइन ।  टिटेले १६ वटा ब्राजिलियन र मध्य पूर्वी क्लबको प्रशिक्षण सम्हालिसकेका छन् ।  त्यसमध्ये, धेरै क्लबबाट बर्खास्तीमा परेको इतिहास छ । 

खराब इतिहास भएपनि टिटेलाई ब्राजिलको प्रशिक्षक किन बनाइयो त ? कारण स्पष्ट छ, उनले ब्राजिलियन र समग्र दक्षिण अमेरिकी फुटबल नै बुझेका छन् ।  उनलाई ब्राजिलियन खेलाडीको बलियो पक्ष थाहा छ जसलाई उनले विश्वकपमा प्रमुख हतियार बनाउने छन् । ब्राजिलियनको आशा यसैमा रहेको छ ।

५७ बर्षिय टिटेले आफ्नो प्रशिक्षण जीवनमा केहि महत्वपुर्ण उपाधि  जितेका छन् ।  टिटेले कोरिनथियन्सलाई दुई पटक ब्राजिलियन लिगको उपाधि जिताएका छन् । सोहि क्लबबाट फिफा क्लब वर्ल्डकप र दक्षिण अमेरिकी क्लब च्याम्पियनसिप  पनि उचालेका छन् ।

टिटेको बिशेष ध्यान डिफेन्समा रहन्छ ।  त्यसैको नतिजा हो ब्राजिलले विश्वकप छनौटको दौरान देखाएको बलियो रक्षापंक्ति ।  ब्राजिलले छनौट दौरान १८ खेलमा ११ गोल मात्रै खाएको थियो। डिफेन्डरले रुसमा त्यहिँ किसिमको खेल देखाउन सक्छन् या सक्दैनन् भन्ने बिषय टिटेका लागि महत्वपुर्ण हुन सक्छ । 

टिटेका लागि अर्को महत्वपुर्ण परिक्षा भनेको नेयमारलाई कसरी उपयोग गर्ने भन्ने हो ।  फ्रेन्च क्लब पिएसजीका लागि खेल्दा खेल्दै घाइते भएर लामो समय मैदान बाहिर रहेका नेयमार टिटेको प्रमुख हतियार हुन् । करिब तीन महिना मैदान बाहिर रहेका नेयमार क्रोएसियासंगको मैत्रीपूर्ण खेलबाट मैदान फर्किएका थिए ।  उक्त खेलमा नेयमारले एक गोल समेत गरे ।   

नेयमारलाई पनि रुस विश्वकप चुनौती र अवसर दुवै हो । ब्राजिलका लागि धेरै गोल गर्ने खेलाडीको सूचीको चौथो स्थानमा रहेका नेयमारका लागि विश्वकप निकै महत्वपूर्ण छ । किनकि, यसै महासंग्रामबाट नेयमारले विश्व फुटबलमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको विकल्पका रुपमा आफुलाई उभ्याउन सक्छन् ।

र, नेयमारलाई यो उपलब्धि हासिल गर्न टिटेको सहयोग महत्वपूर्ण हुन सक्छ ।  सन् २०१० को विश्वकपमा स्कोलारीले नेयमारलाई पुरै टिमको जिम्मेवारी बोकाएका थिए ।  तर, अहिले स्थिति फरक छ ।  टिममा फिलिप्पे कौटिन्हो , गाब्रियल जिजस, विलियन, रोबर्टो फिर्मिन्हो जस्ता बलिया नामहरु छन् । जसको कारण यो पटक नेयमार एक्लैले ब्राजिलियन टिम बोक्नु पर्दैन ।

टिटेले नेयमारलाई खेल दौरान खुल्ला छाड्न सक्छन्, बिना कुनै थप जिम्मेवारीका साथ ।  जुन, नेयमारका लागि महत्वपुर्ण अवसर हुनेछ ।

टिटे किन ब्राजिलका लागि सहि छनौट हुन त प्रशिक्षक पदका लागि ? स्पष्ट छ, टिटे निडर छन् ।  स्टारले भरिएको ब्राजिलियन  टिमलाई नेतृत्व दिन सक्छन् ।  टिटेले कुनै एक खेलाडीको इगोले पुरै टिमको माहोल बिग्रन दिदैनन् ।  नेयमार जस्ता खेलाडीबाट खेल दौरान हुनसक्ने अस्वभाविक खराब व्यवहारलाई रोक्न सक्छन्   त ? भन्ने प्रश्न आउन सक्छ । तर, टिटेले सक्छन् , किनकी टिटे खेलाडीसँग खुल्ला रुपले कुरा गर्छन् ।  टिटेको धेरै खुबी मध्येको एक उनको 'ओपन डिस्कसन' हो ।  कम्तिमा ब्राजिलमा यसो भन्ने गरिन्छ । 

टिटेले घोषणा गरेको ब्राजिलियन टोलीको बिषयमा यो पटक धेरै टिकाटिप्पणी भएन ।  कारण, उनले कुन कुन खेलाडीलाई टिममा समावेश गर्दैछन भन्ने लगभग पहिलै थाहा भईसकेको थियो । टिम छनोटको केहि महिना अगाडी नै उनले प्रमुख खेलाडी यी हुनेछन् र बाँकी यी खेलाडीले प्रतिस्पर्धा गर्ने छन् भन्ने खुलाएका थिए। 

प्रशिक्षक टिटेको पहिलो रोजाईको गोलकिपरमा इटालियन क्लब एस रोमाका एलिसन हुनेछन भने म्यानचेस्टर सिटीका एडर्सन बेञ्च मा हुने छन् ।  सेन्ट्रल डिफेन्समा को पहिलो रोजाईमा पर्छ भन्ने एकिन छैन् । पिएसजीका थिएगो सिल्भा, मर्किन्यास र इन्टर मिलानका मिराण्डाले सो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।  फुल्ब्याकमा भने म्यानचेस्टर सिटिका डानिलो र रियल मड्रिडका मार्सेलो रहने पक्का जस्तै छ ।   

यस्तै प्लेमेकर कौटिन्होले कुन स्थानमा खेल्छन भन्ने पक्का छैन ।  उनलाई टिटेले फरवार्ड लाइनमा नेयमार र जिजससंग खेलाउन सक्नेछन । उनलाई मिडफिल्डमा प्लेमेकरको भूमिकामा प्रयोग गर्ने सम्भावाना पनि उतिक्कै छ । कासिमिरो, पौलिन्हो र फर्नानडिन्हो मिडफिल्डका लागि पहिलो रोजाईमा पर्ने सम्भावना रहेका खेलाडी हुन् । 

यसपटक ब्राजिलको बेञ्च पनि उतिकै बलियो छ। भर्खरै सकिएको युरोपेली सिजनमा आ आफ्नो क्लबबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरु रोबर्टो फिर्मिनो, विलियन, डौग्लास कोस्टा, फ्रेड लगायतका खेलाडीले कुनै पनि समय बेञ्चबाट आएर खेल परिवर्तन गर्ने क्षमता राख्छन् ।  

ब्राजिलमा अहिले राष्ट्रपतीय चुनाव गर्ने र टिटेलाई उम्मेदवार बनाउने हो भने सिधै टिटेले जित्छन् भन्ने भनाई पनि छ । विश्वकप छनौटमा ब्राजिलले गरेको प्रदर्शनको आधारमा टिटेको देशव्यापी लोकप्रियता बढेको छ । विश्वकपपछि त्यो कायम रहला वा घट्ला ? त्यो हेर्न बाँकी छ । तर,  एउटा सत्य पक्कै के हो भने ब्राजिलले विश्वकपको  लगातार तीन संस्करण खेर फालेको छ, निरस खेल खेलेको छ ।

यो विश्वकप समग्र ब्राजिलका लागि महत्वपुर्ण छ ।  टिटेका लागि पनि महत्वपुर्ण छ, किनभने यो पटक उनलाई आजीवन नायक बन्ने मौका आएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'
पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'
विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार
विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार
मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु
मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु
पाँच विवाद, जो रुसी विश्वकपमा छाईरह्यो
पाँच विवाद, जो रुसी विश्वकपमा छाईरह्यो
रुस विश्वकपमा कस्तो कस्तो घट्ना घट्यो ?
रुस विश्वकपमा कस्तो कस्तो घट्ना घट्यो ?
अर्जेन्टिनाका प्रशिक्षक साम्पोलीद्वारा पद त्याग
अर्जेन्टिनाका प्रशिक्षक साम्पोलीद्वारा पद त्याग
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्राज्नालाई आरम्भको सम्मान
प्राज्नालाई आरम्भको सम्मान
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP