• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
'डेब्यु' मै राजेन्द्रको प्रभाव !
गिता राई
सोमबार, भदौ २, २०७६ गिता राई
'डेब्यु' मै राजेन्द्रको प्रभाव !

काठमाडौं । प्रशिक्षणको दौरान राजेन्द्र विष्टले खुट्टाको कुर्कुच्चामा चोट बोके । उनले प्रशिक्षकलाई आफ्नो चोटबारे थाहै हुन दिएनन् ।

प्रशिक्षकले थाहा पाए टिम बाहिर पर्ने उनलाई डर थियो । चोटै बोकेर उनी बन्द प्रशिक्षणमा सहभागी बने । र, राष्ट्रिय टिममा समेत स्थान बनाउन सफल रहे । उनी अहिले निको अवस्थामा छन् ।

प्रस्तुत घटनाले नेपाली राष्ट्रिय भलिबल टिमका ओपन स्पाइकर राजेन्द्र खेलप्रति कति प्रतिबद्व छन् भन्ने देखिन्छ । खुट्टामा चोट बाकेर उनले राष्ट्रका लागि खेल्ने जोखिम उठाए ।

नेपालले एसियाको सेन्ट्रल जोनका देश सहभागी हुने एभिसी सेन्ट्रल जोन पुरुष भलिबल खेल्दैछ, त्यो पनि घरेलु मैदानमा । राजेन्द्र घरेलु मैदानमा हुने एसियाली स्तरको ठुलो प्रतियोगिता गुमाउन चाहदैनन् ।

विभागीय टिम त्रिभुवन आर्मी क्लबका खेलाडी राजेन्द्रको जन्म दार्चुलाको लेखन गाउँपालिकास्थित सर्मुलीमा आमा कौशादेवी र बुवा गम्भीर सिंह विष्टको कान्छा छोराको रुपमा भयो ।

उनले कक्षा ४ सम्मको प्रारम्भिक शिक्षा गाउँमै पढे । त्यसपछि उनले पढ्का लागि गाउँ छाड्न पर्ने भयो । सानैदखि लजालु स्वभावका राजेन्द्र कमै बोल्छन् । धेरै प्रश्नका उनी हासेरै उत्तर दिन मन पराउँछन् ।

कक्षा ५ बाट भलिबल खेल्न थालेका राजेन्द्र गाउँकै अक्कर राणाको खेलबाट प्रभावित थिए ।

‘अक्कर दाई स्पाइकर हुनुहुन्थ्यो । मैले उहाँकै खेल हेरेर खेल्न सिकेको हुँ ।’ उनी सम्झिन्छन्, ‘उहाँले पनि उचाई छ, तिमी नि खेल्नुपर्छ भन्नुहुन्थ्यो ।’

गाउँमा भलिबल नपाउने भएका कारण उनले कपडा र मोजाकै बल सिलाएर खेल्ने गर्थे । पहाडमा खेल मैदानको समस्याले साथीसंग मिलेर उनले खेल्ने मैदान बनाएका थिए । ती मैदान कहिले मन्दिरको छेउमा, त कहिले खोलाको किनारामा हुने गर्थे ।

घरपरिवार पढाइमा ध्यान दिन राजेन्द्रलाई सुझाउथे, तर उनी मुखैले मात्र ठिक्क पार्थे । बाबा, आमाका अगाडी ‘हस बहादुर’ देखिने राजेन्द्र आँखा छलेर भलिबल खेल्न पुगिहाल्थे । उनलाई जेठो दाजु महेशले खेल्नमा साथ दिन्थे ।

स्कुलमा उनी भलिबलका नेता थिए । अर्थात भलिबलका सबै कार्यक्रम गर्ने जिम्मेवारी उनकै हुन्थ्यो । के कति सामान चाहिने ? कति पैसा लाग्ने ? सबैको हिसाब किताब उनै निकाल्थे । अरु विद्यार्थीलाई भलिबल सिकाउने जिम्मेवारी उनकै थियो ।
स्कुल छदाँ उनको टिमले कहिल्यै हार व्यहोर्न परेन । उनको टिम सधै विजयी हुन्थ्यो ।

राजेन्द्र भलिबलको प्रेरणाको स्रोत उनै स्कुलका प्रधानाध्यापक अनि शिक्षकलाई मान्छन् । उसले राजेन्द्रमा भलिबलको पखेटा हालिदिए । उनको सपनाको बेलुनमा हावा भरिदिए ।

‘विभागमा जागिर खानुपर्छ । राम्रो खेलेर क्लबमा छनोट भएर खेल्यो भने तिम्रो भविष्य राम्रो छ ।’ शिक्षक नारद सिंह विष्ट सुझाव दिन्थे ।

राजेन्द्रले पहिलोपटक २०६६ सालमा राष्ट्रपति रनिङ शिल्ड खेलेका थिए । उनले उनी क्षेत्रिय प्रतियोगितामा छनोट भए । तर उनले प्रतियोगिता खेल्न भने पाएनन् ।

कक्षा ४ देखि सेनामा भर्ती हुने लक्ष्य राखेका राजेन्द्र ०६८ मा सेनामा छनोट भए । सेनाको आन्तरिक तालिम सकिएपछि उनी काठमाडौंमा परे ।

पहिलोपटक काठमाडौं आएका राजेन्द्रको कार्यालय नारायणहिटी दरबारमा थियो । तर, राजेन्द्रले भलिबल खेल्छन् भन्ने कसैलाई थाहा थिएन ।

उनी ७० सालमा पोखरामा सेनाको आन्तरिक खेल प्रधानसेनापति खेल्न पुगेका थिए । लगत्तै उनी त्रिभुवन आर्मी क्लबमा छनोट भए । त्यसपछि उनले आर्मीबाट घरेलु प्रतियोगितामा सहभागीता जनाए ।

२०७२ सालमा उनले एसएलसी पास गरे । अनि पढाईलाई थन्को लगाए । लगत्तै उनले १७ महिनाको तालिमा गए । विभागको करिब डेढ बर्षको तालिमपछि उनी भलिबलमा फर्किए ।

‘आफ्नै कारणले १७ महिना तालिममा गए । त्यसपछि भलिबलमा कमब्याक भए । मेरो जीवनमा यो दुखको क्षण हो । जुन मेरो आफ्नै व्यक्तिगत कारणले भयो ।’ उनले भन्छन् ।

विभागमा छनोट भएपछि राजेन्द्रले सातौं र आठौं राष्ट्रिय खेलकुद, एनभिए कप चार पटक, चितवन मेयर कप, पाथीभरा कप, केशवलाल स्मृतिका साथै अन्य प्रतियोगिता खेलिसकेका छन् । राजेन्द्र विष्टले पहिलोपटक व्यक्तिगत विधातर्फ पाथीभरा पुरुष भलिबलमा ‘म्यान अफ द म्याच’ को उपाधि हात पारेका थिए ।

Image may contain: 2 people, people smiling, people playing sports

नेपालमा एभिसी सेन्ट्रल जोन भलिबल आयोजना हुने तयारी थियो  । राजेन्द्र समेत प्रारम्भिक टोलीमा छनोट भए । विभिन्न चरणको छनोट हुदै उनले १४ सदस्यीय राष्ट्रिय टिममै स्थान बनाउन सफल रहे ।

एभिसी सेन्ट्रल जोनको तयारी स्वरुप नेपालले गत बिहिबार र शुक्रबार अफगानिस्तानविरुद्ध दुई मैत्रीपूर्ण भलिबल खेल्यो । त्यहिँ मैत्रीपूर्णबाट राजेन्द्रले राष्ट्रिय टिमबाट डेब्युको अवसर पाए ।

अफगानिस्तानलाई दुवै खेलमा हराउन राजेन्द्रले गज्जबको प्रर्दशन गरे । उनी डेब्यु खेलमै सबैको नजरमा परे । र, नेपाली भलिबलमा लामो दौडको घोडाको रुपमा आफुलाई चिनाए ।

राष्ट्रिय टिममा पर्ने आफ्नो लक्ष्य पुरा भएको राजेन्द्र सुनाउँछन् । उनले जिवनको सबैभन्दा खुसीको क्षणको रुपमा त्यसलाई ब्याख्या गर्छन् ।

‘राष्ट्रिय टिममा पर्नु मेरो लक्ष्य थियो । जुन पुरा भएको छ । म धेरै खुशी छु । घरपरिवार तथा गाँउ घरका सबै मभन्दा खुशी छन् । यो मेरो जीवनको सबैभन्दा खुशीको क्षण हो ।’ उनले भने ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
भारतीय टोलीले आर्मीलाई हरायो
भारतीय टोलीले आर्मीलाई हरायो
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
अझै ला लिगा उपाधिको आशमा रियल
अझै ला लिगा उपाधिको आशमा रियल
रोयल्स र गोल्डेनगेटको जित
रोयल्स र गोल्डेनगेटको जित
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP