बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Loading ad...
Bhat Bhateni Supermarket Ad

सागमा तेक्वान्दो - गौरवमय इतिहास दोहर्याउने बाचा !

मंगलबार, २८ श्रावण २०७६गिता राई
सागमा तेक्वान्दो - गौरवमय इतिहास दोहर्याउने बाचा !
Loading ad...
mustang rice ad

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली तेक्वान्दोको बेग्लै रवाफ छ । नेपाललाई धेरै पदक दिलाउने मध्यको एक खेल तेक्वान्दो हो ।

१३ औं संस्करणको साग नेपालमा आयोजना हुदैछ, मंसिर १५ देखि २४ गतेसम्म । सागलाई लक्षित गर्दै तेक्वान्दोको बन्द प्रशिक्षण सुरु भईसकेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तेक्वान्दोको बन्द प्रशिक्षण जेठ २० गतेदेखि सुरु गरेको हो ।

पहिलो चरणमा आठौं राष्ट्रिय खेलकुदका स्वर्णधारीलाई मात्र समावेश गरिएको प्रशिक्षणमा साउन १ पछि दोस्रो, तेस्रो तथा पदकका सम्भावित खेलाडीलाई पनि प्रशिक्षणमा समावेश गरिएको छ ।

प्रशिक्षणमा पुम्से र गेरुकी स्पर्धाका ८३ जना खेलाडी समावेश छन् ।

सबै खेलाडीलाई खाना, बस्न र अभ्यासको सुविधा छ । प्रशिक्षणमा सहभागी खेलाडीलाई होटेलको समेत व्यवस्था छ । विभागका खेलाडी बस्न ब्यारेक पुग्छन् भने खाना, खाजा र ट्रेनिङ समुहमै गर्ने गरेका छन् ।

बन्द प्रशिक्षणमा मुख्य कोरियन प्रशिक्षक क्वान योङ दल र नन्द कुमार राई साथै टार्जन सुब्बा, दिपक विष्ट, संगिना वैद्य, नबिन श्रेष्ठ, हिरा थापा, कविराज खड्गी, नर्बु लामाले खेलाडीलाई प्रशिक्षण दिईरहेका छन् ।

करिब दुई महिना अगाडी स्थापना भएको तेक्वान्दो एकेडेमीमा प्रशिक्षण गर्न पाउदा खेलमा राम्रो सुधार आएको कीर्तिमानी तेक्वान्दो खेलाडी तथा प्रशिक्षक दिपक विष्ट बताउँछन् । 

‘तेक्वान्दो वर्तमान अवस्थामा आएर धेरै परिवर्तन भएको छ । अहिले आफ्नै एकेडेमी भएकाले कसैमा निर्भर हुनु पर्ने अवस्था छैन । यसले प्रभाव खेलाडीको प्रर्दशनमा समेत देखिन्छ ।’ उनले भने ।

तेक्वान्दोले बेलुका ४ बजेदेखि ६ बजेसम्म सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा प्रशिक्षण गर्ने तालिका बनाएको छ ।

सबैभन्दा बढी पदक जितेको ईतिहासलाई दोहोर्याउने लक्ष्यका साथ प्रशिक्षण अघि बढेको विष्ट बताउँछन् ।

सागको ईतिहासमा सर्वाधिक सफल खेल तेक्वान्दो नतिजामा पछिल्लो समय खस्किएको छ । पछिल्लो संस्करणको सागमा तेक्वान्दोले १२ रजत र ३ काँस्यमा चित्त बुझाएको थियो ।

‘१२ औं सागमा एउटा पनि स्वर्ण जित्न सकेनौ । त्यसको तितो यथार्थ हामीसंग छ । त्यो दुखलाई सुखमा परिणत गर्ने संकल्प छ । सोही अनुसार ट्रेनिङ लागिपरेका छौ ।’ उनले भने ।

विष्टका अनुसार घरेलु मैदानमा प्रतियोगिता आयोजना हुदँ खेलाडीलाई केही फाईदा पुग्नेछ । तर नेपालको लक्ष्य भनेको सागको ऐतिहासिक सफलतालाई दोहर्याउनुनै हुनेछ ।

नयाँ खेलाडीको बाहुल्यता भएपनि तेक्वान्दोमा नेपालले उत्कृष्ट प्रर्दशन गर्दै पुरानो रेकर्डमा सुधार गर्ने विष्ट दाबी गर्छन् ।

‘टोलीमा धेरै नयाँ खेलाडी छन् । धेरै अनुभवी खेलाडी व्यक्तिगत कामले बाहिर गएका छन् । कोही अवकाश लिईसकेका छन् । नयाँ खेलाडी पनि कोही विभाग, कोहीले राष्ट्रिय च्याम्पियनसिपमा भाग लिईसकेका छन् । उनीहरुमा धेरै जोस र जाँगर छ । नयाँ खेलाडीले सागलाई लक्षित गरी धेरै राम्रो प्रर्दशन गरिरहेका छन् । उनीहरुले हाम्रो पुरानो रेकर्डलाई सुधार गर्नेछन् ।’ विष्टले भने । ’

बन्द प्रशिक्षणमा १०–१२ जना अनुभवी खेलाडी छन् । बाँकी सबै नयाँ अनुहार ।

बन्द प्रशिक्षणको फाइनल छनोट पश्चात खेलाडीलाई बाहिर एक्सपोजरका लागि लैजाने योजना रहेको विष्टले सुनाए ।

नयाँ खेलाडी आउनु र खेलमा खेलाडीको लगाब बढाउने बिषयमा खेलकुदको नीति, नियम र सरकारको दृष्टिकोणमा भरपर्ने विष्ट बताउँछन् ।

‘यदी खेलाडीको भविष्य सुनिश्चित छ । उनीहरुको जीवनको सुरक्षा छ । सरकारको खेलकुदप्रति राम्रो दृष्टिकोण भएमा खेलाडी खेलकुदमा रहन्छन् । सबै बिषय खेलकुदको नीति नियम र सरकारको दृष्टिकोणमा भरपर्ने कुरा हो ।’ उनी थप्छन् ।

तेक्वान्दो आधिकारिक रुपमा सबै भन्दा धेरै पदक जित्ने खेल हो । आठौं सागमा नेपालले ८ स्वर्ण, नवौमा ६ स्वर्ण, दशौंमा र एघारौं सागमा समान २ स्वर्ण जितेको थियो । तर १२ औ सागमा तेक्वान्दो स्वर्ण विहिन रह्यो ।

तेक्वान्दो अनुशासित खेल भएका कारण धेरै पदक जित्न सफल रहेको विष्टको दाबी छ ।

‘यो अनुशासित खेल हो । सोही कारण अहिलेसम्म धेरै पदक जितिरहेका छौ ।’ विष्ट भन्छन् ।

तेक्वान्दोले भदौ ५–६ गते पहिलो पटक ८३ जना खेलाडीको छनोट गर्नेछ । गेरुकीमा ८–८ जना महिला पुरुष खेलाडी र पुम्सेमा १२ वटा स्पर्धाका लागि खेलाडी छनोट गर्ने प्रशिक्षक विष्ट बताउँछन् ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने