शुक्रबार, २३ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Bhat Bhateni Supermarket Ad

आइटिएफ प्रशिक्षकलाई डान पदोन्नतीको अवसर

सोमबार, २७ श्रावण २०७६खेलपाटी संवाददाता
आइटिएफ प्रशिक्षकलाई डान पदोन्नतीको अवसर
mustang rice ad

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ(एनआइटिएफ)ले २२औं वार्षिकोत्सवको अवसरमा आफ्ना १९ प्रशिक्षक तथा खेलाडीलाई विभिन्न श्रेणीको अन्तर्राष्ट्रिय डानमा पदोन्नती हुने अवसर प्रदान गरेको छ ।

आइटिएफले एकहप्ते वार्षिक उत्सव मनाउने क्रममा विभिन्न खेलाडी सम्मानसँगै पहिलोदेखि पाँचौं डानमा खेलाडीलाई प्रमोशन हुने अवसर प्रदान गरेको हो ।

सोमबार लगनखेलस्थित नेपाल आर्मीको तालिम तथा प्रशिक्षण केन्द्रमा आयोजित कार्यक्रममा चौथो डानका १३ खेलाडी र पाँचौं डानमा ६ खेलाडीको ग्रेडिङ परीक्षा लिएको थियो ।उनीहरूलाई अन्तर्राष्ट्रिय ग्रान्डमास्टर(९औं डान प्राप्त) कोरियाली जो चोल होले चौथो र पाँचौंको ग्रेडिङ लिएको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ(एनआइटिएफ)का अध्यक्ष अञ्जन धमलाले जानकारी दिए ।

बेल्ट पदोन्नतीका खेलाडी १९ खेलाडी करिब एक महिनादेखि प्रशिक्षण गरिरहेको आइटिएफले जनाएको छ । पाँचौं डानको परीक्षा दिनेमा महासंघका उपाध्यक्षसमेत रहेका प्रशिक्षक विजय श्रेष्ठ, कोषाध्यक्ष बासुदेव भट्ट, प्रशिक्षकहरू निर्मला गुरुङ, चतुरलाल चौधरी, राजेन्द्र धिमाल र नीरबहादुर सारु छन् ।

त्यसैगरी, हनक लिम्बु, रोशन आचार्य, बबिता राजथला, मानबहादुर घर्तिमगर, शर्मिला महत, रूपसिंह मोक्तान, कुमार थापा, रितमान कामु, आकाशचन्द्र घर्तिमगर, चन्द्रबहादुर तामाङ, लिलाधर बस्नेत, धर्मराज कडेंल र गजेन्द्र कुमार थापाले अन्तर्राष्ट्रिय चौथो डानको परीक्षा दिएका हुन् । चौथो डान प्राप्त गरेका प्रशिक्षकले अन्तर्राष्ट्रिय इन्स्ट्रक्टरको मान्यता पाउनेछन् ।

अन्तर्राष्ट्रिय चौथो डान पाएपछि मात्र अन्तर्राष्ट्रिय प्रशिक्षकको मान्यता पाइनेछ । एक हप्ते उत्सवमा महासंघले यसअघि वर्ष पुरुष र महिला खेलाडी, प्रशिक्षक, इन्स्ट्रक्टर र उत्कृष्ट जिल्लालाई सम्मान गरेको थियो । सशस्त्र प्रहरी बल (एपिएफ) का खेलाडी खत्री र गुल्मीकी सबिना श्रेष्ठलाई समान ३३ हजार रुपैयाँ नगद पुरस्कारसहित वर्ष खेलाडी २०७५ बाट सम्मानित भएका थिए । गत मंगलबारबाट सुरु भएको २२औं वार्षिकोत्सव समारोहअन्तर्गत महासंघले विभिन्न सामाजिक सेवासमेत गर्ने गरेको जनाएको छ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

Bajaj Pulsar Motorcycle Ad
लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत