मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. क्रिकेट संघको नयाँ नेतृत्व असोज ४ भित्र

क्रिकेट संघको नयाँ नेतृत्व असोज ४ भित्र

२०१९ अगस्ट ११, आइतबारविश्वास थापा

क्रिकेट संघको नयाँ नेतृत्व असोज ४ भित्र

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को नयाँ नेतृत्वको निर्वाचन असोज ४ भित्र सम्पन्न गर्ने गरि तयारी अघि बढेको छ ।

क्रिकेट विवाद समाधानका लागि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को गठन गरेको स्वतन्त्र कमिटिले क्यानको केन्द्रिय निर्वाचन सम्पन्न गर्न दुई मिति प्रस्ताव गरेको हो ।

कमिटिले भदौको अन्तिम वा असोजको पहिलो साताभित्र क्यानको केन्द्रिय निर्वाचन सक्ने गरि आईसीसीलाई मिति प्रस्ताव गरेको छ ।

आईसीसीले विवाद समाधानको रोडम्याप अनुसार सेप्टेम्बरभित्र निर्वाचन प्रक्रिया सक्ने गरि काम अघि बढाउन स्वतन्त्र कमिटिलाई आग्रह गरेको थियो ।

सोही अनुसार स्वतन्त्र कमिटिले भाद्र २८–२९ र असोज ३–४ को केन्द्रिय निर्वाचनको मिति आईसीसीमा प्रस्ताव गरेको छ ।

‘सबै बिषय सहज रुपमा अगाडी बढेमा असोज ४ भित्र क्यानको केन्द्रिय निर्वाचन सक्ने गरि दुई मिति प्रस्ताव गरेका छौ ।’ स्वतन्त्र कमिटिका एक सदस्यले खेलपाटीसंग भने ।

आईसीसीको अर्को बोर्ड बैठक अक्टोबर १३ मा बस्ने तयारी छ । सोही बैठक मार्फत क्यान निलम्बनको फुकुवा अघि बढ्ने विश्वास गरिएको छ । त्यसका लागि सेम्टेम्बरभित्र सम्पुर्ण निर्वाचन प्रक्रिया सम्पन्न हुनुपर्नेछ ।

स्वतन्त्र कमिटिले गण्डकी प्रदेश सहित प्रदेश नम्बर १ र प्रदेश नम्बर ७ को निर्वाचन सम्पन्न गरिसकेको छ ।

प्रदेश १ मा हिजो (शनिबार) मात्र मिङ्मा डन्डु शेर्पा नेतृत्वको प्रादेशिक क्रिकेट संघ गठन भएको छ । यस्तै गण्डकीमा देबेन्द्र प्रजु र सुदुरपश्चिममा हरी रेग्मी नेतृत्वको प्रादेशिक क्रिकेट संघ गठन भईसकेको छ ।

अब प्रदेश ५, ३ र २ को निर्वाचन हुन बाँकी छ ।

प्रदेश ५ को प्रादेशिक निर्वाचन भदौ ७ गते आयोजना गर्ने गरि निर्वाचन कार्यतालिका सार्वजनीक गरिएको छ । प्रदेश ५ अन्तर्गत बाँके जिल्लाबाट उपेन्द्र पौडेलले निर्वाचनमा सहभागी गराउन माग गर्दै अदालतमा मुद्वा दायर गरेका थिए । अदालतमा मुद्वा दायर भएपनि पौडेललाई सहमतीमा ल्याउने अनौपचारिक प्रयास जारी गरेको निर्वाचनमा सहभागी एक अधिकारीले खेलपाटीलाई बताए ।

यस्तै, प्रदेश २ मा विवादीत देखिएको पर्सा जिल्ला क्रिकेट संघको समेत हिजो (शनिबार) निर्वाचन सम्पन्न भएको छ । योसंगै प्रदेश २ को प्रादेशिक निर्वाचन गर्ने सहज देखिएको छ । निकै विवादीत देखिएको प्रदेश ३ को काठमाडौंको जिल्ला निर्वाचन समेत साउन २८ गते हुदैछ ।

प्रादेशिक चुनाव सम्पन्न भएसंगै क्यानको केन्द्रिय निर्वाचनको प्रक्रिया अघि बढ्नेछ ।

‘अगष्टभित्र प्रादेशिक र सेप्टेम्बरभित्र केन्द्रिय निर्वाचन गर्दै क्रिकेटको नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढेको छ ।’ स्वतन्त्र कमिटिका सदस्य एलबी क्षेत्रीले भने ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

Bhat Bhateni
पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित