शुक्रबार, असोज ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. अपहेलित टियु मैदान !

अपहेलित टियु मैदान !

२०१९ जुलाई ३१, बुधबारखेलपाटी संवाददाता

अपहेलित टियु मैदान !

काठमाडौं । नेपालमा अन्तराष्ट्रिय क्रिकेट खेल्न मिल्ने एक मात्र क्रिकेट मैदान हो - कीर्तिपुरको टियु क्रिकेट मैदान । तर, सम्बन्धित निकायको लापरबाहीको कारण टियु मैदान अहिले बेबारिसे जस्तै बनेको छ ।

सम्बन्धित निकायले चासो नदेखाउदा टियु मैदानमा अहिले खेलाडीले प्रशिक्षण गर्ने अवस्था छैन । खेल मैदानमा करिब एक फिट लामो घाँस उम्रिएको छ । जसको कारण नजिकिदै गरेको यू-१९ एसिया कपको तयारी प्रभावित हुने देखिएको छ ।

नेपालले यू-१९ एसिया कपको तयारी सुरु गरेको छैन । तर, केहि युवा खेलाडी नियमित मैदान पुगेर अभ्यास गर्ने गरेका छन् । मैदानमा उम्रिएको घाँसको कारण खेलाडीहरु इन्डोर हलमा मात्र अभ्यास गरेर फर्कने गरेका छन् । नेटमा अभ्यास गर्ने अवस्था समेत रहेको छैन ।

मंगलबार बिहान खेलपाटी टिम मैदान पुग्दा करिब ९ - १० जना कर्मचारीले पिचमा काम गरिरहेका थिए । २-३ जनाले जारमा पानि बोक्दै पिच भिजाउने काम गर्दै थिए त बाँकीले पिच वरपरका घाँस उखेल्दै थिए ।

राष्ट्रिय खेलकुद परिषदले मैदान व्यवस्थित बनाउन आवश्यक सामाग्रीहरु उपलब्ध नगराउदा मैदान यो अवस्था पुगेको टियु क्रिकेट मैदानको रेखदेखको जिम्मेवारी पाएका कर्मचारीहरु बताउँछन् ।

मैदानको घाँस काट्ने मेसिन बिग्रिएको, मैदानमा बिजुली उपलब्ध नभएको र मैदानको पिचको लागि आवश्यक पानी पनि नरहेको कर्मचारीहरुले बताए ।

'बर्खाको समय छ, पानी पर्दा छोटो समयमा बाक्लो घाँस उम्रन्छ । यसलाई काट्न मेसिन चाहिन्छ हातले काटेर सम्भब छैन,' मैदानका कर्मचारी जय बहादुरले भने, 'मैदानमा रहेको एक मात्र घाँस काट्ने मेसिन समेत बिग्रिएको छ ।'

तर, राखेपले सबै सामान उपलब्ध गराए मैदान एक सातामा खेल्न योग्य हुने कर्मचारीहरु बताउँछन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल क्रिकेट संघलाई निलम्बन गरेको छ । क्रिकेट संघ अस्तित्वमा नभएपछि टियु मैदान पनि अपहेलित बनेको छ ।

यदि टियु मैदानमा निजि कम्पनिले प्रतियोगिता आयोजना गरेमा आयोजकले मैदानको मर्मत गर्ने गर्छन् । प्रतियोगिता सकिएपछि भने मैदानले यहि स्वरूप लिने गर्छ । यो क्रम क्यान निलम्बनपछि नियमित चल्दै आएको छ ।

'क्यान हुँदा सिमित मात्रामा भए नि सामाग्री उपलब्ध हुन्थ्यो । केहि परे हामीले त्यहाँ भन्न पाइन्थ्यो,' मैदानका क्युरेक्टर मधु तामाङ भन्छन्, 'जस्तै भए नि बुवाआमाले पालेको सन्तान र अरुले पालेको सन्तानमा फरक हुने भाव हुने रहेछ ।'

अभ्यास गर्न मैदान पुग्ने खेलाडीहरु पनि मैदानमा उम्रिएको बाक्लो घाँसको समस्याले हैरान भएका छन् ।

'मैदानमा यति लामो घाँस छ कि हामी त्यहाँ दौडन सक्ने अवस्था समेत छैन,' नाम नबताउने शर्तमा एक युवा खेलाडीले गुनासो गरे ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

Bhat Bhateni
श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

आक्रामक सिटी

आक्रामक सिटी

बार्सिलोनामा चम्किए रासफोर्ड

बार्सिलोनामा चम्किए रासफोर्ड

फुटबल खेलाडी संघको विधान पारित

फुटबल खेलाडी संघको विधान पारित

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

बंगलादेशसँग नेपालको लज्जास्पद हार

बंगलादेशसँग नेपालको लज्जास्पद हार

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस