थाइल्याण्डमा नेपाललाई चार स्वर्ण
आइतबार, साउन १२, २०७६खेलपाटी संवाददाता

नेपाली खेलाडीले थाइल्यान्डको बैंककमा भएको पाँचौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा ४ स्वर्ण जितेका छन् ।
विमला लामा, सुशान पाण्डे, सुजन श्रेष्ठ र अमर भुजेलले स्वर्ण जितेको टोली नेता बब्लु सिवाकोटीले जनाएका छन् । सुप्रिया बजगाईं र पूजा कुँवर फाइनलमा प्रवेश गर्दै कम्तीमा रजत पदक पक्का गरेका छन् । अरुण टमाटाले कांस्यमा चित्त बुझाए ।
मलेसियामा जुलाई २१ तारिखमा भएको सरावक चिफ मिनिस्टर तेक्वान्दोमा सहभागी खेलाडीहरुले हिरोज च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको प्रशिक्षक विकेश विडारीले जनाएका छन् । च्याम्पियनसिपमा नेपालबाट १० खेलाडीको सहभागिता रहेको छ ।








-1753017726.jpeg&w=3840&q=75)



-1761130437587.jpg&w=3840&q=75)



-1761099128165.webp&w=3840&q=75)