• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
को हो नेपाली क्रिकेटको ‘भाईरस’ ?
हिम बिक्रम केसी
आइतबार, साउन १२, २०७६ हिम बिक्रम केसी
को हो नेपाली क्रिकेटको ‘भाईरस’ ?

काठमाडौं ।

शनिबारको दिन । नेपाल खेलकुद पत्रकार मञ्चले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश सिलवालको स्वागतमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो ।

कार्यक्रमको मुख्य उद्वेश्य सदस्य सचिवको स्वागत रहेको थियो । तर स्वागतको फोरमलाई मञ्चले अन्तरक्रियामा समेत ढाल्ने काम गर्यो ।

आसन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा अन्तरक्रिया लक्षित थियो । धेरै प्रश्न र उत्तर सागको आयोजना, चुनौती र सम्भावनामा केन्द्रित थिए ।

स्वागतको फोरमलाई सदस्य सचिव रमेश सिलवालले मज्जाले उपयोग गरे । उनले पत्रकारका प्रश्नमा निकै आत्मविश्वासका साथ उत्तर दिए । उनको जोड सागको आयोजना निर्धारित समयमा गर्न सरकार दृढ रहेकोमा सबैलाई आश्वस्त पार्नमा थियो ।

प्रधानमन्त्री केपी ओलीले सोही मिसन पुरा गर्न आफुलाई सदस्य सचिव बनाएको सिलवाल सार्वजनिक रुपमै बताउने गर्छन् ।

देशमा दुई तिहाईको सरकार छ । संसदको अंक गणितका आधारमा शक्तिशाली प्रधानमन्त्री छन् । अनि उनै प्रधानमन्त्रीको ‘कोटरी’को मानिने सिलवाल राखेपको सदस्य सचिवमा आएका छन् ।

प्रधानमन्त्रीसंग शर्त राखेर सदस्य सचिव बनेको दाबी गर्ने सिलवालले जिम्मेवारी सम्हालेको करिब तीन हप्ताको अनुभवमा दुई कुरा प्रष्टसंग राखेका छन् ।

सागका लागि भनिएका पुर्वाधार समयमा बन्छन् र बजेटको अभाव हुदैन ।

अन्तरक्रियाको अन्तिम समयतिर एक महत्वपुर्ण प्रश्न ‘कमरेड’ सिलवालतर्फ तेर्सियो ।

क्रिकेटको विवाद कसरी समाधान गर्नुहुन्छ ?

उनी आफैपनि क्रिकेटसंग जोडिएर आउने पात्र हुन् । खेलकुदको विधामा उनको क्रिकेटमा ठुलो लगानी छ । समय र पैसाको हिसावमा उनले धेरै लगानी क्रिकेटमा गरेका छन् ।

नेपाल क्रिकेट संघ क्यानको निर्वाचनलाई अवैधानिक ठहर गर्दै राखेपले गठन गरेको तदर्थ कमिटिका उनी संयोजक बनेर आएका थिए । कुनै समयका उनै सयोजक सिलवालमाथिको प्रश्न पेचिलो थियो ।

त्यसक्रममा उनले केही गम्भिर बिषय सार्वजनिक रुपमा बोलेका छन् ।

उनले सुरुमै जुलाईमा बसेको अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीको बैठकले निलम्बन फुकुवा गर्नेमा आफु आशावादी रहेको बताए । तर आईसीसीले नेपालको निलम्बनको बिषयमा कुनै निर्णय गरेन । बरु जिम्बाबेको क्रिकेटमाथि प्रतिबन्ध लगायो ।

उनले कार्यक्रममा नेपाली क्रिकेट भित्रका भाईरस खोज्ने समय आएको समेत बडो प्रष्टताका साथ कुरा राखे ।

उनले नेपाली पक्षबाट क्रिकेट विवाद समाधान नगर भनेर आईसीसीमा पत्र गएको समेत खुलासा गरे ।

‘क्रिकेटको विवाद समाधान नगर भनेर नेपाली पक्षबाट चिठी गएको छ ।’ उनले भने, आधिकारिक निकाय (सरकारी पक्ष) बाट हैन । विवाद रुचाउने मान्छेबाट त्यो चिठी गएको हो ।’

सिलवालले समय आएपछि त्यस्ता ब्यक्तिलाई समाज बहिष्कार गर्न अपिल गर्ने समेत उद्घोष गरे ।

‘समय आएपछि, आवश्यक पर्यो भने समाज बहिष्कार गरौ भनेर म अपिल गर्नेछु ।’ उनले भने ।

उनले संघलाई बन्धकी राखेर क्रिकेटलाई भत्काउने र बिगार्ने अधिकार कसैलाई नभएको प्रष्ट पारे ।

सदस्य सचिवले चिठी पठाउने पक्ष आफु अर्थात सरकारी पक्ष नभएको तर्क गरेका छन् ।

कसले पठायो आईसीसीमा पत्र ?

सदस्य सचिव सिलवालले अर्को पक्ष भनेर निर्वाचित भनिएको क्यानका केही सदस्यतर्फ संकेत गर्न खोजेका छन् । सो पक्षका केही सदस्यले आफुहरुमाथि अन्याय भएको दाबी सहित अदालतमा मुद्वा दायर समेत गरेका छन् ।

सदस्य सचिव सिलवालले आफु आईसीसीसंग निरन्तर संवादमा रहेको भन्दै आवश्यक परेमा अगाडी बढेर भएपनि क्रिकेट विवाद समाधान गर्ने दाबी गरेका छन् ।

क्यान खेलपाटीको लागि तस्बिर परिणाम

कहाँ पुग्यो क्यानको विवाद ?

क्यानको नयाँ निर्वाचनका लागि आईसीसीले पाँच सदस्यीय स्वतन्त्र कमिटि गठन गरेको थियो । समितिले क्रिकेट विवाद समाधानका लागि नयाँ निर्वाचनको ‘रोडम्याप’ समेत तयार पार्ने काम गर्यो ।

नयाँ विधान अनुसार निर्वाचन गराउने जिम्मेवारी पाएको स्वतन्त्र कमिटिले २० वटा जिल्ला कमिटिको चुनावलाई बैधता दिदै अन्य १९ जिल्लामा निर्वाचन गराउने निर्णय गरेको थियो ।

सहमती अनुसार कमिटिले १२ जिल्लामा नयाँ विधान अनुसार सदस्य थप गरेर र अन्य ७ जिल्लामा पुरानै सदस्यता अनुसार निर्वाचन गराउने निर्णय गरेको थियो ।

कमिटिले नयाँ सदस्यता सहित चुनाव गराउन पर्सा, मकवानपुर, उदयपुर, तनहु, भक्तपुर, ललितपुर, नुवाकोट, इलाम, स्याङजा, झापा, दार्चुला र डोटीलाइ राखेको थियो ।

यस्तै, महोत्तरी, काठमाडौँ, चितवन, मोरङ, कैलाली, सप्तरी र दाङमा भने पुरानै सदस्यता अनुसार निर्वाचन गर्न भनिएको थियो ।

कमिटिले पुरानै निर्वाचनलाई मान्यता दिएको जिल्लामा सर्लाही, बारा, धनुषा, सिराहा, रौतहट, सुनसरी, नवलपुर, कास्की, पाल्पा, नवलपरासी, कपिलबस्तु, बर्दिया, बाँके, सुर्खेत, रुपन्देही, कन्चनपुर, डडेलधुरा, बझाङ, आछाम र बैतडी रहेका थिए ।

तीन जिल्लाहरु बाँके, काठमाडौं र पर्साबाहेक अधिकांश जिल्लाको निर्वाचन सकिएको छ । अब स्वतन्त्र कमिटि प्रदेश निर्वाचनमा केन्द्रित छ ।
प्रदेश नम्बर ७ को निर्वाचन आजै शनिबार सकिएको छ ।

सोही अनुसार साउन १७ गते गण्डकी प्रदेश र साउन २५ गते प्रदेश १ को साधारण सभाको मिति तय भएको छ । अन्य सबै प्रदेशको निर्वाचन यसै अगस्ट महिनाभित्र सम्पन्न गर्ने स्वतन्त्र कमिटिका सदस्य एलबी क्षेत्रीले खेलपाटीलाई बताए ।

उनका अनुसार अगष्ट भित्र सबै प्रदेशको निर्वाचन सम्पन्न गरेर सेप्टेम्बरको १० देखि १५ भित्र केन्द्रिय निर्वाचन सम्पन्न गर्ने योजना छ ।

प्रदेश ५ को अधिवेशनलाई अदालतमा परेको मुद्वाले कुनै फरक नपर्ने क्षेत्री दाबी छ । उनले अग्राधिकार सहित फास्ट ट्रयाकबाट मुद्वा टुङ्गो लगाउने बिषयमा अदालत गम्भिर रहेको बताए । क्षेत्रीका अनुसार अगस्टको पहिलो साताभित्र बाँकेको बिषयमा अदालतले निर्णय गर्नेछ ।

यस्तै पर्सा जिल्लाको बिषयमा समेत निर्वाचनमा सहमती बनेको छ । सदस्यता विवादलाई तत्काल हल गरेर अघि बढ्न दुवै पक्ष सहमत छन् ।

तत्काल दुवै पक्षका सदस्यालाई मान्यता दिने र केन्द्रित निर्वाचनपछि हुने छानविनमा अयोग्य पाईए निर्वाचित पद समेत जाने बिषयमा दुवै पक्ष सहमत बनेका छन् ।

चाँडै पर्साले समेत जिल्ला निर्वाचनको मिति तय गर्नेछ । मुख्य कुरा काठमाडौंमा बैठक बस्न कोरमै नपुग्ने लाजमर्दो अवस्था सिर्जना भएको छ ।

काठमाडौंको विवादलाई समेत समाधान गर्दै प्रादेशिक चुनाव सम्पन्न गर्ने स्वतन्त्र कमिटिको तयारी छ ।

स्वतन्त्र कमिटिका सदस्य क्षेत्री कुनै ब्यक्तिले आईसीसीमा पठाएको पत्रको कुनै अर्थ नहुने बताउँछन् । ‘आईसीसी आफै संलग्न भएर निर्वाचन गराईरहेको छ । सोही कारण कसैले पठाएको पत्र आईसीसीले सुन्दैन ।’ उनले भने, ‘निर्वाचनको सबै प्रक्रिया सम्पन्न भएमा क्यान निलम्बनको फुकुवा प्रक्रियामा जानेछ ।’

किन भएन निलम्बन फुकुवा ?

आईसीसीको बोर्ड बैठक साउनको पहिलो साता लण्डनमा बसेको थियो । धेरैको अपेक्षा थियो, सो बैठकले क्यानको निलम्बन फुकुवाको बिषयमा निर्णय हुन्छ । तर आईसीसी सो बिषयमा मौन बस्यो ।

क्यानको नयाँ निर्वाचन प्रक्रियामा आईसीसी सकारात्मक छ । तर निलम्बन फुकुवा गर्दा क्यानको नेतृत्व कसले गर्ने भन्ने बिषयमा आईसीसीलाई समस्यामा पारेको छ ।

कुन निकायलाई मान्यता दिने भन्ने बिषयमा आईसीसी अन्यौलमा पर्दा क्यान निलम्बनको बिषयमा कुनै निर्णय नभएको स्वतन्त्र कमिटिका एक सदस्य बताउँछन् ।

जसले गर्दा निर्वाचन प्रक्रिया सम्पन्न भएमा क्यानको निलम्बन फुकुवा गर्न आईसीसी आतुर छ । त्यसका लागि क्यानको जिल्लासंगै, प्रदेश र केन्द्रिय निर्वाचन सम्पन्न हुन आवश्यक छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
रौनकको शतक, भुटानलाई ३५९ रनको लक्ष्य
रौनकको शतक, भुटानलाई ३५९ रनको लक्ष्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP