लाक्पा सचिवमा मनोनित

काठमाडौं । नेपाल उसु महासंघका महासचिव लाक्पा छिरिङ लामा दक्षिण एसियाली उसु महासंघका सचिवमा मनोनित भएका छन् ।
दक्षिण एसियाली उसु महासंघको सोमबार नेपालमा सम्पन्न बैठकले लाक्पालाई सचिवमा मनोनित गरेको नेपाल उसु महासंघले जनाएको छ । त्यस्तै नेपाल उसु महासंघका कोषाध्यक्ष लानम लामालाई बैठकले सदस्यमा मनोनित गरेको छ ।
दक्षिण एसियाली उसु महासंघका अध्यक्ष मल्लिकको अध्यक्षतामा बसेको बैठकले नेपालमा सेप्टेम्बर २४ देखि २९ तारिखसम्म दक्षिण एसियाली जज सेमिनार आयोजना गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा नेपालसहित बंगलादेश, श्रीलंका र पाकिस्तानको सहभागिता रहेको थियो भने एसियाली उसु महासंघका अध्यक्ष लोन फकको पनि उपस्थिति थियो । सो अवसरमा बंगलादेश उसु संघका अध्यक्षले नेपाल उसु महासंघका अध्यक्ष एवं निवर्तमान सदस्य–सचिव केशवकुमार विष्ट र महासचिव लामालाई मायाको चिनो प्रदान गरेका थिए ।









-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)


