आइतबार, २४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

विश्वकप क्रिकेटमा 'फ्लप' स्टार खेलाडी

शुक्रबार, २७ असार २०७६खेलपाटी संवाददाता
विश्वकप क्रिकेटमा 'फ्लप' स्टार खेलाडी
Loading ad...
mustang rice ad

एजेन्सी । सबै खेलाडीको चाहाना हुन्छ कि आफ्नो राष्ट्रको लागि विश्वकपमा उत्कृष्ट प्रदर्शन गरौँ । तर, सबैले सोचेको जस्तो हुँदैछ । उच्च लयमा रहेका खेलाडीले पनि खराब प्रदर्शन गर्न सक्छन । खराब लयका खेलाडीले उच्च प्रदर्शन गर्छन ।

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा समेत थुप्रै खेलाडीले आफ्नो राष्ट्रको लागि महत्वपूर्ण योगदान गरेका छन् । तर, केहि अपेक्षा गरिएका खेलाडीले सोचे अनुरुप प्रदर्शन गर्न सकेनन् । जसको कारण कतिपय उत्कृष्ट टिमले लिग चरणबाट घर फर्कनु परेको छ ।

एक महिने लामो विश्वकपमा अब फाइनल खेल मात्र बाँकी रहेको छ । फाइनलमा आयोजक इंग्ल्याण्ड र न्युजिल्याण्डले प्रतिस्पर्धा गर्नेछन् ।

यस पटकको विश्वकपमा उत्कृष्ट लयमा रहेका धेरै खेलाडीले उच्च प्रदर्शन गर्न सकेनन् । विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न नसकेका ४ खेलाडी यस प्रकार रहेका छन् ।

१. मार्टिन गुप्टिल

Image result for martin guptill

न्युजिल्याण्डका ओपनर ब्याट्सम्यान मार्टिन गुप्टिल विश्वका एक उत्कृष्ट ब्याट्सम्यान हुन् । उनि सन् २०१५ को विश्वकपमा न्युजिल्याण्डका सर्वाधिक सफल खेलाडी हुन् । उक्त विश्वकपमा उनले सर्वाधिक रन बनाउँदा न्युजिल्याण्ड पहिलो पटक विश्वकपको फाइनल पुगेको थियो ।

सोहि अनुरुप गुप्टिलले यस विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गर्ने टिमले आशा गरेको थियो । तर, पहिलो खेलमा श्रीलंकाविरुद्ध ५१ बलमा ७३ रन प्रहार गरेका गुप्टिलले त्यसपछिका खेलमा संघर्ष गर्दै आएका छन् ।

जारी विश्वकपमा न्युजिल्याण्ड फाइनलमा पुगेपनि उनले पछिल्लो ८ इनिङ्समा मात्र ९५ रन बनाएका छन् । उनको खराब लयको कारणले कप्तान केन विलियम्सन र रोस टेलरमाथि दबाब परेको छ ।

२. क्विन्टन डी कक

Image result for quinton de kock

विश्वकप अघि भारतमा सम्पन्न इण्डियन प्रिमियर लिग (आईपीएल) मा दक्षिण अफ्रिकाका क्विन्टन डी ककले उत्कृष्ट प्रदर्शन गरेका थिए । डी ककको टिम मुम्बई इण्डियन्सले नै उपाधि उचालेको थियो । तर, यस विश्वकपमा भने उनी असफल रहे ।

विकेटकिपर ब्याट्सम्यान डी ककबाट टिमले ठुलो आस गरेको थियो । बाँया हाते ब्याट्सम्यान डी ककले आयोजक इंग्ल्याण्डविरुद्ध ६८ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । तर, एकदिवसीय खेलमा १४ शतक प्रहार गरिसकेका उनले बाँकी खेलमा खराब प्रदर्शन गरे ।

डी कक दक्षिण अफ्रिकाका लागि प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा समेत तेस्रो स्थानमा रहे । ओपनिङ ब्याटिङ गर्ने डी ककले सुरुवात राम्रो गर्न नसक्दा टिममा दबाब परेको थियो । दक्षिण अफ्रिकाले प्रतियोगितामा मात्र ३ खेल जितेको थियो । जसको कारण दक्षिण अफ्रिका सेमिफाइनल पुग असफल भएको थियो ।


३. कागीसो राबडा

Image result for kagiso rabada

दक्षिण अफ्रिकाका तीब्र गतिका बलर राबडा टिमका मुख्य बलर थिए । २४ बर्षे युवा बलर सन् २०१८ मा दक्षिण अफ्रिकाका सफल बलर घोषित भएका थिए । उनले सिएसए क्रिकेटर अफ द इयर, उत्कृष्ट टेष्ट खेलाडी र उत्कृष्ट एकदिवसीय खेलाडीको उपाधि हात पारेका थिए ।

इंग्ल्याण्डको पिचमा फास्ट बलरलाई सहयोग मिल्ने हुँदा राबडाले कमाल गर्ने सबैको अपेक्षा रहेको थियो । तर, प्रतियोगितामा उनले छाप छाड्न असफल रहे ।

राबडाले प्रतियोगितामा मात्र ११ विकेट हात पारे । जुन फास्ट बलरको लागि निराशाजनक प्रदर्शन हो ।

४. क्रिस गेल

Image result for chris gayle

युनिभर्सल बोस भनेर चिनिने वेष्ट इण्डिजका क्रिस गेलको यो विश्वकप अन्तिम रहेको थियो ।

प्रतियोगिता अघि राम्रो लयमा रहेका उनले अन्तिम विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न निकै आतुर रहेको बताएका थिए । तर, गेलले प्रतियोगितामा सोचे अनुरुप प्रदर्शन गर्न सकेनन् । लिग चरणका ८ खेल खेलेका उनले २ अर्धशतक प्रहार गर्दै २ सय ४२ रन बनाए ।

९ खेलमा मात्र २ जित हात पारेको वेष्ट इण्डिज अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युनाइटेड पराजित, सिटीले अंक गुमायो

युनाइटेड पराजित, सिटीले अंक गुमायो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

विश्वकप  प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

विश्वकप प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

रोनाल्डो केही समय मैदान बाहिर रहने

रोनाल्डो केही समय मैदान बाहिर रहने

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने