मंगलबार, ०५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

'डाक्टरी' पढ्ने क्रिकेटर !

शनिबार, २१ असार २०७६विश्वास थापा
'डाक्टरी' पढ्ने क्रिकेटर !
Loading ad...
mustang rice ad

काठमाडौं । सुनेका थिए, पाकिस्तानका फास्ट बलरले निकै तिब्र गतिमा बल फाल्छन् । शोहिब अख्तर, वासिम आक्रम, मोहमद इरफान र मोहमद आमिर जस्ता विश्वका तिब्र गतिका बलरको नाम सुनेका ईशानले पाकिस्तानविरुद्व ब्याटिङ गर्न पर्ने भो । सन् २०१६ को यु–१९ विश्वकपको अभ्यास खेलमा ।

मैदान उत्रर्दा पाकिस्तानी बलरले फालेको बल नदेखिने हो कि भनेर उनी निकै डराएका थिए । तर पहिलो बल खेल्दा बलरको हातबाट बल छुटेको प्रष्ट देखे । अब भने उनी ढुक्कसंग खेल्न थाले ।

ईशान पाण्डेको जन्म स्यांङ्जामा भयो । वुवा रोजगारीको क्रममा भारत बस्ने गर्थे । उनी उतै हुर्किए । भारतीय क्रिकेट संस्कृतीले उनलाई तान्यो । उनले सानैमा ब्याट समाउन सिके । सात बर्षको उमेरमा क्रिकेट एकेडेमीमा भर्ना भएर क्रिकेट सिक्न थाले ।

भारतको उत्तराखण्डमा क्रिकेट बोर्ड नभएका कारण राम्रो क्रिकेट खेल्न उत्तर प्रदेश जान पर्दथ्यो । जहाँ यु–१६ तथा यु–१९ राष्ट्रिय टिमका लागि छनोट हुन्थ्यो ।

‘छनोटमा पुग्दा कमी कमजोरी थाहा हुन्थ्यो । छनोटमा निकै उत्कृष्ट खेलाडीको जमघट हुन्थ्यो ।’ ईशान सुरुवाती दिन सम्झिन्छन् ।
प्रान्तिय स्तरको क्रिकेट खेलेर नेपाल फर्कने इशानको सपना थियो ।

यु–१९ को प्रान्तिय स्तरको प्रतियोगितामा राम्रो खेल्दै उनी शीर्ष ६४ मा परेका थिए । तर माथिल्लो स्तरको क्रिकेट खेल्न भारतीय नागरिकता चाहिने भयो । नागरिकता नलिएका ईशान्तको क्रिकेटको ग्राफ अगाडी नबढ्ने भयो । उनले त्यसपछि भारतबाट क्रिकेट खेल्ने सोच त्यागे । क्याम्पबाट फर्किए । अनि नेपालमै क्रिकेट करियर अघि बढाउने अठोट लिए ।

नेपाल फर्किएपछि उनी बालुवाटार क्रिकेट एकेडेमीमा भर्ना भए । एसएलसी सकेर आएका खेलाडीसंग पहिलो दिन प्रशिक्षण गरे । ईशानको प्रदर्शन देखेर प्रशिक्षकले दोस्रो दिनबाट सिनियर खेलाडीसंग अभ्यास गर्न सुझाव दिए । सन् २०१५ मा बालुवाटार एकेडेमीको प्रतिनिधि गर्दै उनी सुपर सिक्सटिन खेल्न थाईल्याण्ड गएका थिए । प्रतियोगितामा उनको टोली बिजेता बनेको थियो ।

यु–१९ विश्वकपका लागि तयारी सुरु हुदै थियो । नाकाबन्दी लगायतले छनोट कार्यक्रम नहुने भयो । हरेक स्थानबाट २–३ जना खेलाडीलाई बोलाएर सुपर लिग गराउने निर्णय भयो । ईशान निराश भए । विश्वकप खेल्ने सपना पुरा नहोला भन्नेमा उनी चिन्तित थिए । एकेडेमीमा रहेका सिनियर खेलाडीले एक खेल मात्र भएनी खेलाउने बाचा गरे । उनी आश्वस्त भए ।

भारतमा बस्दा उनीले नेपाली खेलाडी पछ्याउने गरेका थिए । पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेसवाकर, सुवास खकुरेल लगायतका खेलाडी बारे उनी जानकार थिए । तर उनी भने आरिफ शेखको प्रशंसक थिए । युवा उमेरमा आरिफले राष्ट्रिय टोलीमा बनाएको स्थानले ईशानलाई लोभ्याएको रहेछ ।

यु–१९ लिगमा सहभागी हुन् इशान क्रितिपुर गए । पहिलो दिननै आरिफलाई भेटे र उनको कप्तानीमा खेल खेल्ने मौका पाए । आफुले पछ्याएको खेलाडीलाई पहिलो दिनमै भेटेर उसैको कप्तानीमा खेल्न पाउनु इशानको खुसीको थियो । आरिफले नि सहयोगनै गरे ।

त्रिवि मैदानमा पहिलो पटक उत्रिएका ईशान केही नर्भस थिए । प्रतिद्वन्दी टिममा रहेका राजु रिजाल, सुनिल धमला जस्ता खेलाडीका अगाडी उनले नर्भस महशुश गरेका थिए । पाँचौ ओभरमा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका उनले अविजित रहदै १ सय २५ बलमा ८७ रन बनाए ।

ईशानले सुपर लिगभर राम्रो प्रर्दशन गरे । पुरै लिग अवधिभर उनलाई कीर्तिपुर बोलाईयो । उनी सर्वाधिक रन बनाउने खेलाडीमा राजु रिजाल र सन्दीप सुनारपछि तेस्रो नम्बरमा रहे । सोही प्रदर्शनको आधारमा उनले क्लोज क्याम्पमा अवसर पाए ।

सुरुमा त ईशान डराएका थिए । मनमा अनेकन तर्कना खेल्थे । उनी निकै नर्भस भएका थिए । उनले प्रर्दशन समेत खस्किदै गएको थियो । त्यही समय सुशील कँडेलले उनको मदत गरे । परिपक्क कुरा गर्ने सुशीलले उनलाई आत्मबल दिए । जानेका कुरा सिकाए । क्याम्पमा राम्रो प्रर्दशन गरेपछि विश्वकप खेल्न बंगलादेश जाने टिममा सन्दीप लामिछाने र हिमान्सु दत्तसंगै ईशानको समेत नाम थियो ।

विश्वकपमा टेस्ट राष्ट्र न्युजिल्याण्ड माथि हात पारेको जित ईशानले बिर्सन नसक्ने खेल हो । निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल ३२ रनले बिजयी भएको थियो ।

क्वाटरफाइनलमा नेपाल टिम बंगलादेशसंग ६ विकेटले पराजित भयो । त्यो हार कहिल्यै भुल्न नसकिने ईशान बताउँछन् । विश्वकपको ईतिहासमा पहिलो पटक सेमिफाईनल पुग्ने मौका नेपालले गुमाएको क्षण थियो । अनुभवको कमीले सो खेल हारेको उनको निष्कर्श छ । कहिले काही एक्लो हुदाँ उनलाई त्यो खेलले पिरोल्ने गर्छ ।

‘जिन्दगीले नसिकाएको पाठ बंगलादेशसंगको त्यो खेलले सिकाइदियो । अन्तिम सम्म समेत हार्छौ भन्ने थिएन । अहिले पनि सो खेल हामी जित्न सक्ने थियौ भन्ने लाग्छ ।’ ईशान सम्झिन्छन् । उमेर समुहको प्रतियोगितामा आफुलाई प्रमाणित गरेका उनी पछिल्लो समय घरेलु प्रतियोगितामा समेत प्रभावी देखिन थालेका छन् ।

उनी हाल धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा मेडिकल शिक्षा अध्ययन गर्दै छन् । एकातिर क्रिकेटमा उदाउँदो भविष्य, अर्कोतर्फ मेडिकल शिक्षाको अध्ययन । एक दिन खेल र पढाई रोज्नुपर्ने अवस्थामा ईशान के गर्लान ?

‘भोलीको दिनमा के हुन्छ कसलाई थाहा छ र ? अहिलेसम्म मिलाएर गरेको छु । एक दिन रोज्ने अवस्था आएमा क्रिकेटलाईनै प्राथमिकता दिनेछु ।’ ईशान दृढ देखिन्छन् ।

बिहान ९ बजेदेखि ४ बजेसम्म कलेजको पढाईमा बित्छ । सामान्य दिनमा उनी बिहान साढे ५ बजे उठ्छन् । केही समय शारीरीक ब्यायाम गर्छन । हप्तामा ३ पटक जिम जाने गर्छन । कलेज सकिएपछि उनी बेलुका दुई घण्टा क्रिकेट अभ्यास गर्छन् ।

खेलमा समस्या भए भारतीय प्रशिक्षकलाई भिडियो बनाएर पठाउने गर्छन । र प्राप्त सुझावका आधारमा खेलमा सुधारको प्रयास गर्छन । भारतबाट मेडिकल पढ्न नेपाल आएका उनलाई घरबाट क्रिकेटमा निकै राम्रो सहयोग मिलेको छ । पढाई र क्रिकेटलाई एक साथ अघि बढाउनुपर्ने बुवाको मान्यता छ ।

छोरा डाक्टर भएको हेर्ने चाहना परिवारको छ । तर खेलमा तलमाथि भएपनि उनलाई सुख छैन । पढाईमा राम्रो गरेर खेल बिगारे बुवाको गाली तयार हुन्छ । खेलमा राम्रो गरेर पढाईमा कम स्कोर आए नि उनलाई सुख छैन । दुवै चिजलाई संगै अघि बढाउनुपर्ने चुनौतीबाट ईशान घेरिएका छन् ।
प्रतियोगिता नभएको समय उनी कलेज जाने गर्छन । खेल्ने समयमा छुटेको पढाई उनी सिनियरबाट पुरा गर्छन । परिक्षाको समय भने उनको बल र ब्याटले बिश्राम पाउने गर्छ ।

‘आम विद्यार्थी फुर्सदको समयमा मोबाईल चलाउने, घुम्ने र बाहिर निस्कने गर्छन् । तर म पढाईमा बिताउने गर्छु ।’ समय व्यवस्थापनबारे ईशान भन्छन् ।

‘पढाइको चिन्ता नगर । तिमी मात्र खेलमा ध्यान देउ । छुटेको पढाई हामी सिकाउँछौ ।’ सिनियरहरु ढाँडस दिन्छन्, ‘रन धेरै बनाउन सकेनौ भने हामी रिसाउने छौ ।’

यु–१९ विश्वकपको टोलीमा परेका बेला उनी मेडिकलको प्रवेश परिक्षाको तयारीमा थिए । बंगलादेश उड्ने समय बिहान ७ बजेको थियो । बिहान ११ बजे कलेजमा परिक्षाको पुर्व तयारीको बिषयमा ब्रिफिङ थियो । त्यो समय उनी दोधारमा थिए । मनमा ठुलो पिर बोकेर उनीले बुवालाई फोन गरे । ‘नेपाललाई विश्वकपमा चिनाउने मौका फेरी आउँदैन । परिक्षा अर्को बर्ष दिँदा हुन्छ ।’ बुवाको जवाफ थियो । उनको हर्षको सिमा रहेन । यही चिजले हो, ईशानलाई क्रिकेटमा अघि बढ्ने प्रेरणा मिलेको ।

‘विश्वमा केही उदाहरण छन् । भारतमा भीभीएस लक्षमणले एमबीबीएस गरेका छन् । तर पनि उनी क्रिकेटमा चर्चित छन् ।’ ईशान उदाहरण दिन्छन् ।
विश्वकपमा राम्रो प्रर्दशन गरेर नेपाली फर्केका धेरै खेलाडी फ्रेन्चाईज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिगमा पर्न सफल भए । तर पहिलो संस्करणको उनी बिक्न सकेनन् ।

उनले एकेडेमीका सिनियर र प्रशिक्षकसंग कुरा गरे । उनको स्लो स्टार्ट शैलीले टी ट्वान्टी शैलीको फ्रेन्चाईज खेलाउन मुस्किल हुने धेरैले बताए । नेपालीको क्रिकेट अहिले टी ट्वान्टीमा मात्र ब्यस्त छ, भारतमा लामो ढाचाको क्रिकेटमा विश्वास गरिन्छ ।

उनीपनि आफुलाई टी ट्वान्टीमा ढाल्ने निर्णयमा पुगे । ईशानको शारीरिक बनावट हेर्दै भारतमा प्रशिक्षकले उनलाई टी ट्वान्टी ढाँचामा खेल्न सिकाए । ‘ओपनिङ ब्याट्सम्यानको रुपमा पठाउनु हुन्थ्यो । आउट नहुनु भन्नु निर्देशन हुन्थ्यो ।’ इशान मुस्कुराउँदै सम्झन्छन्, ’त्यो बेला टी ट्वान्टी खेल्न मुस्किल हुने भएपनि अहिले मेरो क्रिकेट जिवनमा राम्रो पक्ष बनेको छ ।’

टी ट्वान्टी खेलमा फिट हुन उनले निकै संघर्ष गरे । बिस्तारै टी–ट्वान्टी खेल्न थाले । ब्याटिङमा स्ट्राइक रेट बढ्न थाल्यो । गत बर्ष भएको युनिभर्सिटी कपमा उत्कृष्ट खेलाडी घोषित भएका ईशान पहिलो संस्करणको पोखरा प्रिमियर लिगमा पोखरा पल्टानमा आबद्ध भए ।

उनलाई अझै समय भएको छैन भन्ने लागेको थियो । तर नरेश बुढाएरले निकै जोड गरे ।

‘सुरुमा अक्सन लाइभ हेदै थिए । मलाई कुनै टिमले लिएको थिएन । निरास हुँदै अभ्यास गर्न लागेको थिए । अन्तिममा बिराटनगर र पोखरा पल्टनले मेरो नाम छानेको रहेछन् । भाग्यवस शरद दाजुको टिममा परेछु ।’ पहिलो फ्रेन्चाइज लिगमा आबद्द हुँदाको पल इशान सम्झिन्छन् ।

क्रिकेट संघ प्रतिबन्धमा परेपछि घरेलु क्रिकेटको वातावरण शुन्य थियो । सरकार आफैले वान डे ढाँचाको प्रधानमन्त्री कप क्रिकेट आयोजना गर्ने निर्णय गर्यो । प्रधानमन्त्री कपको पहिलो संस्करणबाटै इशानले खेलेका छन् । लामो ढाँचामा खेल हुने भएकाले उनलाई खेल्न केही सहज छ । उनी सबै भन्दा बढी प्रतिस्पर्धा हुने मध्यपश्चिमाञ्चल (हालको प्रदेश ३ बाट) छनोट भए । अघिल्ला दुवै संस्करणको पीएम कप उनले मध्यपश्चिमाञ्चलबाट खेलेका छन् ।

तेस्रो संस्करणको पीएम कपमा समेत उनी प्रदेश ३ बाट खेले । टिमको नेतृत्व राष्ट्रिय टिमका कप्तान पारस खड्काले गरेका थिए । उनले प्रादेशिक टिममा १ सय ८० रन बनाए । उनले आफ्नो टिमबाट सर्वाधिक रन बनाउने खेलाडी बने । उनले ५ खेलमा २ अर्धशतक प्रहार गर्दै प्रतियोगिता अवधिभर सर्वाधिक रन बनाउने खेलाडीको चौथो स्थामा रहे । उनी भन्दा अगाडी ६ खेल खेलेका रोहित कुमार पौडेल १ सय ८८, अमित श्रेष्ठ २ सय १० र राजु रिजाल २ सय ६१ रन बनाएका थिए ।

उनले भारतमा क्रिकेट सिके । नेपाल र भारतीय क्रिकेटमा धेरै भिन्नता उनले भेटेका छन् । भारतमा क्रिकेट बोर्ड निकै बलियो भएकाले क्रिकेटमा लाग्न बुवा आमालेनै प्रेरित गर्छन । नेपालमा भने खेलेर केही हुदैन भन्ने मान्यता छ । सोचाईमा विस्तारै परिवर्तन आएपनि क्रिकेट संघ नहुँदा खेलाडीले थुप्रै सास्ती ब्यहोर्नु परेको ईशानको बुझाई छ ।

ईशान धेरै सोच्दैनन् । उनको एउटै सपना छ, लक्ष्य छ । राष्ट्रिय टिमबाट खेल्ने अनि एकल प्रर्दशनमा नेपाललाई कुनै खेल जिताउने । यदी त्यसो हुन सकेमा उनले आफ्नो क्रिकेट करियर सफल भएको मान्नेछन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

समराले रचेको इतिहास व्यर्थ

समराले रचेको इतिहास व्यर्थ

अरुको हारको कामना गरिरहेको अस्ट्रेलिया

अरुको हारको कामना गरिरहेको अस्ट्रेलिया

सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडीको सूचीमा युवराज

सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडीको सूचीमा युवराज

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
समराले रचेको इतिहास व्यर्थ

समराले रचेको इतिहास व्यर्थ

अरुको हारको कामना गरिरहेको अस्ट्रेलिया

अरुको हारको कामना गरिरहेको अस्ट्रेलिया

सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडीको सूचीमा युवराज

सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडीको सूचीमा युवराज

जितविहीन नेपाल

जितविहीन नेपाल

एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल दोस्रो सिजन जेठमा

एन्फाको निर्वाचन फागुन २७ गते हुने

एन्फाको निर्वाचन फागुन २७ गते हुने

सकसमा अस्ट्रेलिया

सकसमा अस्ट्रेलिया

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक