• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
प्रधानमन्त्रीको ‘सिग्नल’ पर्खदै खेलकुदमन्त्री राखेप सदस्यसचिव नियुक्त
खेलपाटी संवाददाता
शनिबार, असार २१, २०७६ खेलपाटी संवाददाता
प्रधानमन्त्रीको ‘सिग्नल’ पर्खदै खेलकुदमन्त्री

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव नियुक्तिमा सरकारले ढिलाई गरेको छ । आसन्न १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग आउन ५ महिना समेत बाँकी नरहेको अवस्थामा खेलकुदको कार्यकारी निकाय नेतृत्व विहीन बनेकाे छ ।

सदस्य सचिव केशवकुमार विष्ट असार ९ गते चार बर्षे कार्यकाल पुरा गरि बिदा भएपनि सरकारले नयाँ सदस्य सचिव नियुक्त गर्न सकेको छैन ।

खेलकुदमा पठाउने व्यक्तिका बिषयमा पाटीका शीर्ष नेताबीच निर्णायक छलफल हुन नसक्दा सदस्य सचिव नियुक्ति प्रक्रियामा ढिलाई भएको हो ।

सदस्य सचिव विष्टलाई तत्कालिन खेलकुद मन्त्री पुरुषोत्तम न्यौपानेले २०७२ साल असार ९ गते सदस्य सचिवमा नियुक्त गरेका थिए । असार ९ गतेबाट राखेपको केन्द्रिय कार्यालय जान छाडेका सदस्य सचिव विष्ट पुन सोही पदमा दोहरिनका लागि आन्तरिक लबिङमा छन् ।

यता युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा भने सदस्य सचिव नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सिग्नल’ पर्खिएर बसेका छन् । शीर्ष तहका नेताबीच भएको समझदारीलाई कार्यान्वयन गर्ने सोचमा खेलकुद मन्त्री देखिएका छन् ।

‘खेलकुदमा पठाउने ब्यक्तिका बिषयमा शीर्ष नेता परामर्शमा हुनुहुन्छ । सोही कारण नियुक्ती प्रक्रियाले समय लिएको हो ।’ खेलकुद मन्त्रालयका एक अधिकारीले भने, ‘प्रधानमन्त्रीबाट नाम आउने बित्तिकै राखेप सदस्य सचिव नियुक्ति हुनेछ ।’

सत्तारुढ पाटी नेकपामा सदस्य सचिव बन्न दर्जन बढी उम्मेदवार देखिएका छन् । सदस्य सचिवका लागि तत्कालिन माओवादीको तर्फबाट दानबहादुर तामाङ र शिव कोईराला तथा तत्कालिन एमालेबाट रमेश सिलवाल, केशव विष्ट र पिताम्बर तिम्सिनाले जोड गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले नयाँ सदस्य सचिव नियुक्तिमा केही व्यक्तिलाई बालुवाटार बोलाएर छलफल समेत गरेका छन् ।

यता अर्का अध्यक्ष दाहालले आफ्नो तर्फबाट सदस्य सचिवका आकांक्षीको नाम प्रधानमन्त्री ओलीलाई सिफारिस गरिसकेका छन् । नेकपाको भातृ संगठन नेपाल खेलकुद महासंघले समेत संगठनको सिफारिस मात्र नाम छनोट गर्न भन्दै नेतृत्वमाथि दबाब दिईरहेका छन् ।

युवा तथा खेलकुद मन्त्रालय भने शीर्ष नेताबीच हुने सहमतीलाई कार्यान्वयन गर्ने तयारीमा छ ।

‘मन्त्रीको कुनै अडान छैन । सबै नामहरु छलफलमै छ । टुङ्गो लागेको अवस्था छैन । तर शीर्ष नेताको सहमतीबाट आउने ब्यक्तिलाई जिम्मेवारी दिने पक्षमा मन्त्री हुनुहुन्छ ।’ मन्त्रालयका ती अधिकारी बताउँछन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रोहितले इन्डोनेशियाली क्लब छाडे
रोहितले इन्डोनेशियाली क्लब छाडे
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
४२ वर्षको उमेरमा अमितले  लिए सबै फर्म्याटबाट सन्न्यास
४२ वर्षको उमेरमा अमितले लिए सबै फर्म्याटबाट सन्न्यास
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP