सन्दीप ग्रेड ‘ए’ मा, कुशल र करण ‘बी’ मा झरे
नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। क्यानले बुधबार सार्वजनिक गरेको वर्गीकरणअनुसार पुरुषतर्फ ग्रेड ‘ए’ मा कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, आसिफ शेख र सन्दीप लामिछाने छन्।












