पहिलो पावर प्ले (१० ओभर)को अन्त्यसम्म १ विकेट गुमाएर ६० रन बनाएको छ ।
क्रिजमा अहिले जर्ज मुन्शे १९ तथा क्रिस्टोफर म्याकब्रिड २ रनमा रहेका छन् । कोट्जर र मुन्शेले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए ।
आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।
आजको पहिलो खेलमा समूह 'बी' मा रहेका पाकिस्तान र इंग्ल्याण्डबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ ।
सोमबार राती भएको खेलमा आयरल्याण्डलाई डीएलएस मेथडमा ५ रनले पराजित गरि भारतले सेमिफाईनलमा स्थान बनाएको हो ।
शुक्रबारको पहिलो खेलमा स्कटल्याण्डलाई ३ विकेटले हराएको नेपाल मंगलबारको खेलमा पनि सोही लयलाई निरन्तरता दिन चाहान्छ । त्यसैले नेपालले बलियो टोली मैदान उतार्नेछ ।
विश्वकप लिग टूको बिजेता बनिसकेको स्कटल्याण्डविरुद्ध नेपालको खेल टियु मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ ।
पाकिस्तान दुताबासले सोमबार आठौं संस्करणको प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो ।
आईसीसी विश्वकप लिग टूमा नेपाल सहित ७ देश सम्मिलित रहेका थिए । यस सिरिजमा रहेको एक टोलीले ३६ खेल खेल्ने तालिका रहेको छ । ओमान , अमेरिकाले यस लिग टूका ३६ खेल नै पूरा गरिसकेका छन् ।
नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । बाँकी रहेको ९ खेल तथा अन्य टोलीको नतिजाको आधार नेपालको यात्रा तय हुनेछ । शीर्ष तीनमा पर्दै सिधा विश्वकप छनोटमा स्थान बनाउँन नेपालले सबै खेल जित्नुपर्ने हुन्छ ।
टियु मैदानमा भएको खेलमा नामिबिया ४३ रनले पराजित भएको हो ।