पीएनजीको राम्रो सुरुआत
मंगलबार, फागुन १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । यूएईमा जारी रहेको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा यूएईविरुद्ध ब्याटिङ गरिरहेको पपुवा न्यु गिनी(पीएनजी)ले राम्रो सुरुआत गरेको छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरिरहेको पीएनजीले १३ ओभर सकिँदा कुनै विकेट नगुमाई ७९ रन बनाएको छ ।
पीएनजीका ओपनर टोनी उराले ३८ बलमा ५० रनको अर्धशतकीय पारी खेलिसकेका छन् । अर्का ओपनर किप्लिन डोरिगाले १७ रन बनाएर उनको साथ दिइरहेका छन् ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा पपुवा न्यु गिनी विरुद्ध टस जितेको यूएईले बलिङ रोजेको थियो ।
युएई २८ खेलमा १३ मा जित र १२ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ ।
पीएनजीको २९ खेलमा २ मा जित र २६ मा हारसहित अंकबिहिन रहेर पुछारमा रहेको छ ।
पीएनजीको राम्रो सुरुआत










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)
