टिमले आवश्यक ठानेमा सन्दीप युएई जान्छन् - क्यान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले टिमले आवश्यक ठानेमा सन्दीप लामिछानेलाई युएई पठाउने भएको छ ।
क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले टिमले आवश्यक ठानेमा सन्दीपलाई युएई पठाउने जानकारी दिए ।
सर्वोच्च अदालतले सोमबार सन्दीपलाई विदेश जान अनुमति दिएको थियो ।
सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले धरौटीमा छाड्ने आदेश सदर गर्दै सन्दीपलाई विदेश जान समेत अनुमति दिएको हो।
'के कसो गर्ने भनेर हामी छलफलमा नै रहेका छौँ । टिमका मुख्य प्रशिक्षक तथा अन्य व्यवस्थापनसँग कुराकानी गरेर निष्कर्षमा पुग्छौं । अहिले अन्तिम निर्णयमा पुगेका छैनौँ,' पाठकले खेलपाटीसँग भने, 'कोचले के भन्नु हुन्छ टिममा उनको आवश्यकता भए पठाउने प्रकृयामा जान्छौं ।'
आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली युएईमा छ । नेपालले आज पपुवा न्युगिनीसँग खेलिरहेको छ ।








-1766479491057.jpeg&w=3840&q=75)






