अफगानिस्तान र न्युजिल्यान्डबीचको एकमात्र टेस्ट रद्द
अफगानिस्तान र न्युजिल्यान्डबीचको एकमात्र टेस्ट शुक्रबार लगातारको वर्षाका कारण रद्द भएको छ। र, टेस्ट क्रिकेटको इतिहासमा आठौं पटक एक बल पनि नफ्याँकी टेस्ट रद्द भएको हो। पछिल्लो पटक २६ वर्षअघि सन् १९९८ मा यस्तो घटना भएको थियो ।













