काठमाडौँ। कप्तान ऋषभ पन्त र अक्षर पटेलको अर्धशतकप्रेरित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सलाई २२५ रनको लक्ष्य दिएको छ।
अरुण जेटली स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२४ रन बनाएको हो।
ऋषभले अविजित रहँदै ८८ रन बनाए। ४३ बल खेलेका उनले ५ चौका र ८ छक्का प्रहार गरे। यस्तै, अक्षरले ४३ बलमा ५ चौका र ४ छक्कासहित ६६ रन बनाए।
जेक फ्रेजर मक्गर्क २३ र पृथ्वी शा ११ रनमा आउट हुँदा ट्रिस्टन स्टब्स २६ रनमा अविजित रहे।
गुजरातका सन्दीप वारियरले सर्वाधिक ३ विकेट लिए। ३ ओभर बलिङ गरेका उनले १५ रन खर्चिए। नूर अहमदको नाममा १ विकेट रह्यो।