काठमाडौँ। मलेसियन सुपर कप २०२४ मा सहभागिता जनाउने नेपाली राष्ट्रिय टोलीका कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरलाई बिदाइ गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार मलेसियामा आयोजना हुने उक्त प्रतियोगितामा सहभागिता जनाउने क्रिकेटरलाई बिदाइ गरेको हो।
लिगमा इन्दुसहित, रुविना क्षेत्री, सीता रानामगर, पूजा महतो, कविता कुँवर र अस्मिना कर्माचार्यले सहभागिता जनाउने छन्।
प्रतियोगिता मलेसिया क्रिकेट संघको आयोजनामा हुन लागेको छ। प्रतियोगिता २४ अप्रिलदेखि ५ मेसम्म चल्ने क्यानले जनाएको छ।