काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको जर्सी अमेरिकामा समेत किन्न पाईने भएको छ ।
अमेरिकामा नेपालको क्रिकेट टिमको जर्सी बिक्री गर्ने अधिकार एक्जोबीले पाएको छ ।
एक्जोबी यूएसका व्यवस्थापकद्धय सुमन क्षेत्री र केशव दाहाल तथा केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेबीच मेरिल्याण्डको बाल्टिमोरमा जर्सी बिक्री सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ ।
आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटलाई ध्यानमा राखेर अमेरिकामा जर्सी बिक्री गर्न लागिएको हो ।
सम्झौता अनुसार नेपाली क्रिकेट जर्सी ३९ दशमलव ९९ डलरमा प्राप्त गर्न सकिनेछ ।
नेपालले अमेरिका र वेस्ट इन्डिजमा यसै वर्ष हुने टी ट्वान्टी विश्वकप क्रिकेट खेल्दैछ ।