काठमाडौँ। राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई एक बल बाँकी रहँदै पराजित गरेको छ।
शनिबार सम्पन्न खेलमा पञ्जाबलाई राजस्थानले ३ विकेटले पराजित गरेको हो। जितसँगै राजस्थानले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ। राजस्थानको ६ खेलबाट १० अंक छ।
पराजित पञ्जाब ६ खेलबाट ४ अंकसहित आठौँ स्थानमा छ। पञ्जाबले दिएको १४७ रनको लक्ष्य पछ्याएको राजस्थानले १९.५ ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनायो।
राजस्थानका ओपनर यशश्वी जसवालले सर्वाधिक ३९ रन बनाए। २८ बल खेलेका उनले ४ चौका प्रहार रे।
टानुस काटिआन २४, रियान पराग २३ र कप्तान सन्जु सामसन १८ रनमा आउट हुँदा सिमरोन हेटमेर २७ रनमा अविजित रहे।
पञ्जाबका कागिसो रवाडा र साम करनले २/२ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङ थालेको पञ्जाबले निर्धारित २० ओभरम ८ विकेट गुमाउँदै १४७ रन बनायो।
पञ्जाबका आशुतोष शर्माले सर्वाधिक ३१ रन बनाए। १६ बल खलेका उनले १ चौका र ३ छक्का प्रहार गरे। जितेश शर्मा २९, लिआम लिभिङस्टोन २१ र जोनी बेयरस्टो १५ रनमा आउट भए।
राजस्थानका आवेस खान र केशव महराजले २/२ विकेट लिए।