काठमाडौँ। दीपेन्द्रसिंह ऐरी र आशिफ शेखको अर्धशतकप्रेरित नेपालले एसीसी प्रिमियर कपमा कतारलाई २११ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको हो।
नेपालका दीपेन्द्रले २१ बलमा ७ छक्का र ३ चौका प्रहार गर्दै अविजित ६४ रन बनाए। दीपेन्द्रले अन्तिम ओभरमा ६ छक्का प्रहार गरेका थिए।
यस्तै, ओपनर आशिफले ५२ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४१ बलको सामना गर्दै ६ चौका प्रहार गरे।
कुशल मल्ल ३५, रोहितकुमार पौडेल १८, कुशल भुर्तेल १२, सन्दीप जोरा ७ र गुलशनकुमार झाले ५ रन बनाए।
कतारका हिमान्शु राठोड र मुसावर शाहले ३/३ विकेट लिए। अमिर फारुकको नाममा १ विकेट रह्यो।