काठमाडौँ। रविजा सन्डारुवानको अर्धशतकप्रेरित कुवेतले एसीसी प्रिमियर कपमा कम्बोडियामाथि सहज जित हासिल गरेको छ।
शनिबार सम्पन्न समूह ‘बी’ को दोस्रो खेलमा कम्बोडियामाथि कुवेतले ८ विकेटको जित हासिल गरेको हो। कम्बोडियाले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेतले ११.२ ओभरमा २ विकेट गुमाउँदै १४४ रन बनायो।
कुवेतका रविजाले सर्वाधिक ६१ रन बनाए। ३३ बल खेलेका उनले ३ चौका र ७ छक्का प्रहार गरे। क्लिन्टो एन्टो २२ रनमा आउट हुँदा मिट भावसार ३५ र उस्मान पटेल ९ रनमा अविजित रहे।
कम्बोडियाका लुकमान बट र साल्विन स्टेनलीले १/१ विकेट लिए।
त्यसअघि अल अमेरत क्रिकेट ग्राउन्ड ओमान क्रिकेट (मिनिस्ट्री टर्फ १) टस जितेर पहिला ब्याटिङ थालेको कम्बोडियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४१ रन बनाएको थियो।
कम्बोडियाका राम शरणले सर्वाधिक ३० रन बनाए। ३० बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे। कप्तान लुकमान बट २४, एटिएन ब्यूकेस २३, विमुक्ति विराज २२ र उदय हातिन्जर १० रनमा आउट हुँदा शरण गोदरा २२ र असान्का गुणरत्ने १ रनमा अविजित रहे।
कुवेतका शाहरुख जेरुसेलम, इलियास अहमद, परविन्दर कुमार र निमिष लथिफले १/१ विकेट लिए। जितसँगै कुवेत अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
पहिलो खेलमा साविक विजेता यूएईसँग कुवेत ७ विकेटले पराजित भएको थियो।