काठमाडौँ। मुम्बई इन्डियन्सका ब्याट्सम्यान सूर्यकुमार यादव इन्डियन प्रिमियर लिग (आईपीएल) शुरू हुनुभन्दा अगाडि नै घाइते भएका थिए।
त्यसैले उनले आईपीएलका शुरूका तीन खेल खेल्न पाएनन्। दिल्ली क्यापिटलविरुद्धको खेलमार्फत उनले पुनरागमन त गरे, तर सफल हुन सकेन। उनी २ बल पनि खेल्न नपाइ एनरिच नोर्टजेबाट आउट भए।
यद्यपि, सूर्यकुमारले हार मानेनन् र बिहीबार रोयल च्यालेन्जर्स बेंगलोरूविरुद्ध मात्र १७ बलमा अर्धशतक प्रहार गरे र उनले देखाए- अझै पनि ममा धेरै क्षमता छ।
सूर्यकुमारले प्रहार गरेको यो दोस्रो सबैभन्दा छिटो अर्धशतक हो। यसअघि हैदरावादका लागि अभिषेक शर्माले १६ बलमा अर्धशतक प्रहार गरेका थिए। खेल सकिएपछि सूर्यकुमारले चोटबाट फर्किएपछि आफू मानसिक रूपले पनि खेल्न तयार भएको बताए।
'वानखेडेमा पुनरागमन गर्न पाउँदा सधैँ खुसी लाग्छ। प्रतियोगिता शुरू हुँदादेखि नै खेल्न म मानसिक रूपमा तयार थिएँ,' उनले भने। पहिला ब्याटिङ थालेको बेंगलुरूले १९६ रन बनाएको थियो। १९७ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईका ओपनिङ जोडी इशान किशन र रोहित शर्माले शतकीय साझेदारी गरे।
इशान ८.५ ओभरमा ३४ बलमा ७ चौका र ५ छक्कासहित ६९ रन बनाए। आउट भए। रोहितले पनि २४ बलमा ३ चौका र ३ छक्कासहित ३८ रन बनाए।
इशान आउट भएपछि इम्प्याक्ट प्लेअरको रूपमा कृजमा आएका सूर्यकुमारले रोहितसँग १५ बलमा ३८ र कप्तान हार्दिक पाण्ड्यासँग १३ बलमा ३७ रनको साझेदारी गर्दै व्यक्तिगत ५२ रन बनाए।
'रोहित र इशान दुवैले १०औँ ओभरसम्म राम्रो खेले। नेटरनरेट कम भएको कारण त्यसपछि हामीले आक्रामक खेल्दै खेल चाँडै सक्काउनुपर्ने थियो। मैले अभ्यासमा प्रयास गरेका सटहरू मैदानमा खेले र सहज भयो,' उनले भने।