काठमाडौँ। कप्तान शुभमन गिलको सानदार प्रदर्शनमा गुजरात जाइन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई २०० रनको लक्ष्य दिएको छ।
नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनायो।
गिलले अविजित रहँदै सर्वाधिक ८९ रन बनाए। ४८ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे।
साई सुदर्शन ३३, केन विलियम्सन २६, ऋद्धिमान साहा ११ र विजय शंकर ८ रनमा आउट हुँदा राहुल तेवाटिया २३ रनमा अविजित रहे।
पञ्जाबका कगिसो रबाडाले सर्वाधिक २ विकेट लिए। हरप्रीत बराडा र हर्षल पटेलको नाममा १/१ विकेट रह्यो।