काठमाडौँ। सुनील नारायणको आक्रामक ब्याटिङसँगै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटललाई २७३ रनको लक्ष्य दिएको छ।
डा.वाई एस राजशेखर रेड्डी एसीए-वीडीसीए क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट २७२ गुमाउँदै रन बनाएको हो।
कोलकाताका सुनीलले सर्वाधिक ८५ रन बनाए। ३९ बल खेलेका उनले ७ चौका र ६ छक्का प्रहार गरे। अंगकृष रघवंशीले २७ बलमा ५ चौका र ३ छक्कासहित ५४ रन बनाए।
आन्द्रे रसेल ४१, रिन्कु सिंह २६ रनमा आउट हुँदा फिल साल्ट र श्रेयस आय्यरले १८/१८ रन बनाए। वेंकटेश अय्यर ५ र मिचेल स्टार्क १ रनमा अविजित रहे।
दिल्लीका अनरिख नार्खिऐले सर्वाधिक ३ विकेट लिए। इशान्त शर्माको नाममा २ विकेट रहँदा खलील अहमद र मिचेल मार्शको नाममा १/१ विकेट रह्यो