काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइज चेन्नई सुपर किंग्सका तीव्र गतिका बल मुस्ताफिजुर रहमान स्वदेश फर्किएका छन्। शुक्रबार हुने सनराइजर्स हैदराबादविरुद्धको खेलअघि उनी बंगलादेश फर्किएका हुन्।
चेन्नईका अनुसार बायाँ हाते बलर टी–२० विश्वकपअघि भिसा लिन बंगलादेशी फर्किएका हुन्। वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी–२० विश्वकप जुन १ बाट शुरू हुँदैछ।
चेन्नईबाट मुस्ताफिजुरले सानदार प्रदर्शन गर्दै आइरहेका छन्। तीन खेलमा उनले १५.१४ को औसत र ८.८३ को इकोनोमीमा ७ विकेट लिएका छन्। रोयल च्यालेन्जर्स बैंगलुरूविरुद्ध आफ्नो पहिलो खेलमा उनले ४ विकेट लिएका थिए। आईपीएल २०२४ को अक्सनमा बिक्री भएका उनी एक मात्र बंगलादेशी क्रिकेटर हुन्।
मुस्ताफिजुरको अनुपस्थितिमा चेन्नईले श्रीलंकाका स्पिनर महिश थेक्षानालाई हैदराबादविरुद्ध प्रयोग गर्न सक्नेछ। यसबाहेक इङ्ल्यान्डका अफ स्पिनर मोइन अली पनि चेन्नईको विकल्पका रूपमा उपलब्ध छन्। योसँगै डेथ ओभरमा बलिङ गर्ने मुस्ताफिजुर र मथिशा पाथिरानाको बलियो जोडी टुटेको छ।