काठमाडौँ। ओपनर कुशल भुर्तेल गुजरात क्रिकेट एसोसिएसनविरुद्ध अर्धशतक बनाएर आउट भएका छन्।
गुजरातको वापीमा जारी खेलमा उनी १४औँ ओभरको तेस्रो बलमा जय मालुसरेबाट क्याच आउट भएका हुन्।
भुर्तेलले ४४ बलमा ९ चौका र २ छक्कासहित ६७ रन बनाए। उनलाई आर्य देसाईंले जयबाट क्याच आउट बनाएका हुन्।
आउट हुनुअघि भुर्तेलले आसिफ शेखसँग १२५ रनको साझेदारी गरेका थिए।